सोमबार, वैशाख १७, २०८१
22:44 | ०३:२९

क्यानडासँगको एकदिवसीय सिरिजमा नेपालको क्लिन स्वीप

नेपाली लिङ्क फ्रेब्रवरी १२, २०२४

काठमाडौं। क्यानडाविरुद्धको तीन खेलको एकदिवसीय सिरिज नेपालले क्लिन स्वीप गरेको छ। सोमबार सम्पन्न तेस्रो खेलमा ९ विकेटको जितसंगै नेपालले सिरिज क्लिन स्वीप गरेको हो ।

त्रिवी क्रिकेट मैदानमा पहिलो ब्याटिङ गरेको क्यानडाले दिएको २३३ रनको लक्ष्य नेपालले ४४ ओभर ३ बलमा १ विकेट गुमाउँदै पूरा गर्‍यो ।

नेपालको जितका लागि भीम सार्की र अनिल शाहले शानदार ब्याटिङ गर्दै दुवैले शतक प्रहार गरे । ४५ रनमा पहिलो विकेट गुमाएको नेपाललाई भीम र अनिलले कीर्तिमानी  साझेदारी गर्दै जितसम्म पुर्‍याए ।

अनिल १ सय १२ र भीम १ सय १ रनमा नटआउट रहे। कुशल भुर्तेल १३ रनमा आउट भएका थिए ।

त्यसअघि क्यानडाका लागि नभनीत धलिवालले अर्धशतक प्रहार गरेका थिए । आरोन जोनसन ४, श्रीमन्था विजयरत्न २२, निकोलस किर्तोन ३ रन, श्रेयस मोभा २९, डिलोन हेलिगर ४ र निखिल दत्त ४५ रन बनाएर आउट हुँदा कप्तान साद बिन जाफर २९ रनमा अविजित रहे ।

बलिङमा नेपालका डेब्यु खेल खेलेका हेमन्त धामीले सर्वाधिक ३ विकेट लिदा कुशल मल्लले २, आकाश चन्द र ललित राजवंशीले १–१ विकेट लिएका थिए ।

नेपालले पहिलो खेलमा ७ रन र दोस्रो खेलमा ४ विकेटले विजयी भएको थियो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू