सोमबार, वैशाख १७, २०८१
05:15 | १०:००

क्यानडासँगको तीन ‘एकदिवसीय सिरिज्’ एक खेलअगावै जित्यो नेपालले

नेपाली लिङ्क फ्रेब्रवरी १०, २०२४

काठमाडौं- नेपालले क्यानडासँगको तीन एक दिवासीय सिरिज् एक खेलअगावै जितेको छ। 

शनिबार काठमाडौँमा सिरिजको दोस्रो खेल जितेसंगै नेपाल सिरिजको उपाधि आफ्नो पोल्टामा पार्न सफल भएको हो।

क्यानडाविरुद्धको दोस्रो एकदिवसीय खेलमा नेपाल ४ विकेटले विजयी भएको छ। त्रिवि क्रिकेट मैदानमा क्यानडाले दिएको २८६ रनको लक्ष्य नेपालले २९ बल बाँकी छँदै ६ विकेट गुमाएर हासिल गर्‍यो।

नेपालको जितका लागि कप्तान रोहित पौडेलले ८७, देव खनालले ७६, अनिलकुमार साहले ५०, भीम सार्कीले २३ र पवन सर्राफले १४ रनको योगदान गरेका थिए।

त्यसअघि टस जितेर ब्याटिङ गरेको क्यानडाले २८६ रनको लक्ष्य प्रस्तुत गरेको थियो। क्यानडाका लागि आरुन जोहन्सनले सर्वाधिक ६५ रन बनाए।

त्यस्तै नभनितले ४६, श्रेयसले ४०, पर्गतले ३८ र निकोलशले २० रन बनाए। उदय भागवान भने २० रनमा अविजित रहे।

यसअघि सिरिजको पहिलो खेलमा पनि नेपालले क्यानडालाई ७ रनले पराजित गरेको थियो। नेपालले क्यानडासँगको अन्तिम खेल पर्सी खेल्नेछ।

त्यसलगत्तै नेपालले नेदरल्यान्ड्स र नामिबिया सम्मिलित आइसीसी लिग २ खेल खेल्नेछ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू