शुक्रबार, जेठ ४, २०८१
05:02 | ०९:४७

सहकारी ठगीमा रवि लामिछानेविरुद्ध जाहेरी दर्ता

नेपाली लिङ्क फ्रेब्रवरी ५, २०२४

काठमाडौँ- सहकारी ठगी मुद्धामा जिल्ला प्रहरी कार्यालय कास्कीमा रास्वपा सभापति रवि लामिछानेविरुद्ध जाहेरी परेको छ। पोखराको सूर्यदर्शन सहकारीका पीडितले लामिछानेसहित विभिन्न व्यक्ति र संस्थाविरुद्ध जाहेरी दर्ता गरेका हुन्।

जाहेरीमा लामिछानेबाहेक पूर्व उपराष्ट्रपति नन्दकिशोर पुनका छोरा दीपेश पुन, पूर्व अध्यक्ष ज्ञानबहादुर बमजन, नेत्रपाणि बास्तोलालगायतलाई पनि प्रतिवादी बनाइएको छ।  

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा डीएसपी श्रवनकुमार विकले यसअघि नै अनुसन्धान भएको विषयमा पीडितहरूले पूरक जाहेरी दिएको र त्यसैअनुसार अब पूरक अनुसन्धान हुने जानकारी दिए।

जाहेरवालाले सूर्यदर्शन सहकारीबाट ग्यालेक्सी टेलिभिजन सञ्चालन गर्न लगेको पैसा गैरकानूनी भएको र त्यतिबेला लामिछाने पनि ग्यालेक्सीको सञ्चालक भएकाले उनीमाथि पनि छानबिनको माग गरेका छन्।  

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू