बिहीबार, वैशाख २०, २०८१
02:25 | ०७:१०

राजदूत सुवेदीले ल्याए ‘फूल छ कि काँडा’ बोलको म्यूजिक भिडियो

नेपाली लिङ्क डिसेम्बर २०, २०२३

लन्डन । जापानका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीको ‘फूल छ कि काँडा’ बोलको गीतको नयाँ म्यूजिक भिडियो सार्वजनिक भएको छ । संजीवनी र सौरभ दासको आवाज रहेको गीतको म्यूजिक भिडियोमा ज्योति खड्का, सुमन अधिकारी र योदिश न्यौपानेले अभिनय गरेका छन् । 

साहित्यिक नाम दुबसु क्षेत्रीका रुपमा परिचित राजदूत  सुवेदीको शब्द सिर्जना छ भने वरिष्ठ संगीतकार शिखर सन्तोषले संगीत दिएका हुन् ।

सुवेदीका गीत, कविता, गजल जस्ता दर्जनौं साहित्यिक सृजनाहरु यसअघि पनि सार्वजनिक भइसकेका छन् । सन् २०१६ देखि सन् २०२२ सम्म बेलायतको २०औं राजदूतको भूमिका निर्वाह गर्ने क्रममा उनले बेलायतको कला, साहित्य र गीत संगीत क्षेत्रलाई निकै मलजल गरेका थिए ।

सुवेदीको संयोजन र सम्पादनमा ‘बेलायतमा नेपाली कवि र कविता’, ‘बेलायतमा नेपाली कथा’, ‘बेलायतमा नेपाली मुक्तक’ र ‘बेलायतमा नेपाली गजल’ ‘बेलायतमा नेपाली नाटक’ प्रकाशित भएका थिए । त्यसो त उनले आफ्नै रचना पनि आफ्नै आवाजमा अडियो बुक रेकर्ड गरेका छन् ।

म्यूजिक भिडियो:

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू