सोमबार, वैशाख १७, २०८१
02:10 | ०६:५५

नेपाल यू–१९ एसिया कप क्रिकेटमा अफगानिस्तानसँग पराजित

नेपाली लिङ्क डिसेम्बर १०, २०२३

काठमाडौँ, मंसिर २४- अर्जुन कुमालले ९१ रन बनाए पनि नेपाल आइतबार एसीसी यू–१९ एसिया कप क्रिकेटमा अफगानिस्तानसँग पराजित भएको छ । अफगानिस्तानसँग ७३ रनले पराजित भएपछि नेपालको सेमिफाइनल यात्रा कठिन बनेको छ ।

यूएईमा भइरहेको प्रतियोगितामा नेपालको यो लगातार दोस्रो हार हो । पाकिस्तानले शुक्रबार नेपाललाई पहिलो खेलमा सजिलै ७ विकेटले पराजित गरेको थियो । नेपालले अब मंगलबार भारतविरुद्ध खेल्ने छ ।

दुबईस्थित आईसीसी एकेडेमी मैदान २ मा नेपालले टस जितेपछि ब्याटिङको निम्तो पाएको अफगानिस्तान ४९.३ ओभरमा २ सय ६१ रनमा अलआउट भयो । जबाफमा आएको नेपालबाट ओपनिङ ब्याटर अर्जुनले उत्कृष्ट इनिङ्स खेले पनि अन्यबाट गतिलो साथ नपाउदा नेपाल दोस्रो खेलमा पनि पराजित हुन पुग्यो । नेपालको इनिङ्स ४०.१ ओभरमा १ सय ८८ रनमा समेटियो ।

अर्जुनको इनिङ्स यू–१९ एसिया कप क्रिकेट इतिहासमा नेपाली ब्याटरको उच्च स्कोर हो । दीपेन्द्रसिंह ऐरीले २०१६ मा श्रीलंकाविरुद्ध कोलम्बोमा बनाएको ९० रन नेपाली ब्याटरको यू–१९ एसिया कपमा यसअघिको उच्च स्कोर हो ।

आउट हुने अन्तिम खेलाडी अर्जुनले १ सय ८ बल खेल्दै १३ चौका प्रहार गरे । कप्तान देव खनालले ३७ बल खेली १ चौकासहित २४, गुल्शन झाले दुई छक्कासहित १७, दीपक बोहराले १५ र दीपेश कँडेलले ११ रन बनाए । अफगानिस्तानका फारिदुन दावुदजाई र नासिर खानले ३–३ विकेट लिए ।

यसअघि अफगानिस्तानबाट जम्सिद जादरानले अविजित १ सय ६ रन बनाएका थिए । प्रतियोगिताको यो पहिलो शतक थियो । क्राम्प भएका कारण अन्तिममा रिटायर्ड आउट भएका उनले १ सय ५२ बल खेली ८ चौका प्रहार गरे । नुमन शाहले ४१ बल खेली ५ चौका र ३ छक्कासहित ६० तथा रहिमुल्लाह जुर्मातीले ३५ रन बनाए ।

नेपालबाट गुल्शन झा, सुवास भण्डारी र हेमन्त धामीले २–२ तथा दीपेश र आकाश चन्दले १–१ विकेट लिए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू