शनिबार, साउन १२, २०८१
06:24 | ११:०९

भुटानी शरणार्थी प्रकरणमा उच्च अदालतको आदेशपछि को छुटे, को थुनिए ?

नेपाली लिङ्क डिसेम्बर १, २०२३

तस्विर- इकान्तिपुर

काठमाडौँ । भुटानी शरणार्थी प्रकरणमा उच्च अदालत पाटनले शुक्रबार ९ जनालाई थुनामै राख्ने जिल्ला अदालतको आदेश सदर गरेको छ । गत मंसिर ५ गतेदेखि भएको निरन्तर सुनुवाइपछि उक्त आदेश भएको हो ।

उच्च अदालत पाटनका न्यायाधीशद्वय जनक पाण्डे र प्रकाश खरेलको इजलासले प्रतिवादीहरु टेकनारायण पाण्डे, डा.इन्द्रजित राई, टोपबहादुर रायमाझी, केशव प्रसाद दुलाल, सानु भण्डारी, सागर राई, गोविन्दकुमार चौधरी, सन्देश शर्मा र आङटावा शेर्पालाई थुनामा पठाउने काठमाडौँ जिल्ला अदालतको आदेश सदर गरेको छ ।

त्यसैगरी काठमाडौँ जिल्ला अदालतले थुनामै राख्ने आदेश दिएका प्रतिवादीहरु नरेन्द्र केसीसँग १० लाख, हरिभक्त महर्जनसँग १५ लाख, शमशेर मियासँग १० लाख, सन्दीप रायमाझीसँग ३० लाख, टेकनाथ रिजालसँग १५ लाख र रामशरण केसीसँग १५ लाख रुपैयां धरौटी माग गरेको छ । उच्च अदालतले माग गरेको धरौटी बुझाएमा उनीहरु थुनामुक्त भई मुद्दाको पुर्पक्ष गर्न पाउनेछन् ।

त्यसैगरी काठमाडौं जिल्ला अदालतले धरौटी लिई थुनामुक्त गरेको लक्ष्मी महर्जन र केशव तुलाधरलाई साधारण तारेखमै रिहा गर्नेलाई साधारण तारेखमा छाड्ने आदेश दिएको छ ।

त्यसैगरी पहिले थुनामा पठाइएका आशिष बुढाथोकी र टंक गुरुङलाई पनि साधारण तारेखमै रिहा गर्न आदेश दिएको छ ।

प्रतिवादी बालकृष्ण खाँणको हकमा भने दुई न्यायाधीशको राय बाझिएकाले तेश्रो न्यायाधीशको इजलासमा सुनुवाइका लागि पेश गर्ने आदेश भएको छ । तेश्रो न्यायाधीशको आदेशपछि खाँण धरौटीमा छुट्ने वा थुनामै रहने भन्ने आदेश हुनेछ ।

आदेश अनुसार को थुना, को धरौटीमा ?

१. टेकनारायण पाण्डे- थुनामै
२. डा.इन्द्रजित राई- थुनामै
३. टोपबहादुर रायमाझी- थुनामै
४. केशवप्रसाद दुलाल- थुनामै
५. सानु भण्डारी- थुनामै
६. सागर राई- थुनामै
७. गोविन्दकुमार चौधरी- थुनामै
८. सन्देश शर्मा- थुनामै
९. आङटावा शेर्पा-थुनामै
१०. नरेन्द्र केसी-१० लाख धरौट माग
११. हरिभक्त महर्जन- १५ लाख धरौट माग
१२. शमशेर मिया- १० लाख धरौट माग
१३. सन्दीप रायमाझी- ३० लाख धरौट माग
१४. टेकनाथ रिजाल- १५ लाख धरौट माग
१५. रामशरण केसी- १५ लाख धरौट माग
१६. लक्ष्मी महर्जन- साधारण तारेख
१७. आशिष बुढाथोकी- साधारण तारेख
१८. टंककुमार गुरुङ- साधारण तारेख
१९. केशव तुलाधर- साधारण तारेख
२०. बालकृष्ण खाँण- राय बाझिएको

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू