शनिबार, साउन १२, २०८१
12:00 | १६:४५

प्रधानमन्त्रीले गरे अबुधाबीस्थित नेपाली दूतावासको निरीक्षण

रासस नोभेम्बर ३०, २०२३


काठमाडौं, मंसिर १४–जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन कोप– २८ मा सहभागी हुन संयुक्त अरब इमिरेट्स (युएई) पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अबुधाबीस्थित नेपाली राजदूतावासको निरीक्षण गरेका छन्।

त्यस अवसरमा प्रधानमन्त्रीले युएईमा रहेका नेपालीको हितमा दूतावासले गरेका कामबारे जानकारी लिँदै सेवा प्रवाह अझ प्रभावकारी बनाउन निर्देशन दिएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ।

प्रधानमन्त्रीलाई युएईका लागि नेपाली राजदूत तेजबहादुर क्षेत्रीले स्वागत गर्नुका साथै दूतावासका गतिविधिबारे जानकारी दिएका थिए। 

कोप २८ मा भाग लिन प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डल बिहीबार बिहान युएई पुगेको हो।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू