शनिबार, साउन १२, २०८१
10:14 | १४:५९

हमास र इजरायलबीचको अस्थायी युद्धविराम स्थगित

नेपाली लिङ्क नोभेम्बर २३, २०२३

इजरायली प्रधानमन्त्री बेन्यामिन नेतान्याहु । तस्बिर- एएफपी

तेल अभिभ- हमास र इजरायलबीच बन्धकहरूलाई लिएर भएको सम्झौता अन्तर्गत लागू गरिएको अस्थायी युद्धविराम स्थगित भएको छ। यो सम्झौताको पहिलो चरण थियो ।

यो युद्धविराम स्थानीय समय अनुसार १० बजेदेखि लागू हुने भनिएको थियो । युद्धविराम लागू भएको केही घण्टापछि हमासले इजरायली बन्धकहरूलाई रिहा गर्ने र इजरायलले प्यालेस्टिनी बन्दीहरूलाई रिहा गर्ने पनि भनिएको थियो।

तर केही समयअघि इजरायली सेना प्रमुखका प्रवक्ता ड्यानियल हगारीले एक ब्रिफिङमा युद्धविराम कहिले सुरु हुन्छ भन्ने थाहा नभएको बताएका छन् ।

त्यस्तै इजरायलको राष्ट्रिय सुरक्षा परिषद्का प्रमुखले दुई पक्षबीचको वार्ता अगाडि बढिरहेको तर बन्धकहरू शुक्रबारसम्म रिहा नहुने बताइरहेका छन्। 

युद्धविराम लागू गर्न करिब २४ घण्टा ढिलाइ हुने र यो सम्भवत: भोलिबाट लागू हुने बताइएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू