शनिबार, साउन १२, २०८१
03:03 | ०७:४८

राष्ट्रपतिले लगाए दुई बहिनीको हातबाट भाइटीका

नेपाली लिङ्क नोभेम्बर १५, २०२३

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले आफ्ना बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको भाइटीका ग्रहण गरेका छन् ।

राष्ट्रपति पौडेलले बुधबारको शुभसाइतमा बहिनीहरूको हातबाट टीका र आर्शिवाद लिएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।

नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको भाइटीकाको उत्तम साइत बुधबार बिहान १० बजेर ५१ मिनेटका लागि तय गरेको छ ।

भाइटीकाको उत्तम साइत बुधबार बिहान १०ः५१ बजे भए पनि दिनभर नै टीका लगाउन सकिने समितिले जनाएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू