मंगलबार, वैशाख २५, २०८१
18:44 | २३:२९

लन्डनमा सम्मानित भइन् अभिनेत्री मनिषा कोइराला

नेपाली लिङ्क अक्टोबर २८, २०२३

लन्डन । लोकप्रिय अभिनेत्री मनिषा कोइराला लन्डनमा सम्मानित भएकी छन् । बेलायतको एसियन स्ट्याण्डर्ड अखवारले शुक्रबार लन्डनस्थित बेलायती संसद हाउस अफ कमन्समा आयोजित विशेष समारोहमा कोइरालालाई सम्मान गरेको हो ।

ब्रिटेनको ब्राडफोर्ड इष्ट क्षेत्रका सांसद इमरान हुसेन र एसियन स्ट्याण्डर्डकी प्रधान सम्पादक फातिमा पटेलले कोइरालालाई अवार्ड प्रदान गरे ।

पत्रिकाले अभिनेत्री कोइरालाको सिनेमा, कला र सामाजिक सेवामा उल्लेखनीय योगदानका लागि उक्त सम्मान गरिएको जनाएका छन् ।

निशुल्क बांडिने ब्रिटेनको दक्षिण एसियाली समुदायबीच अति लोकप्रिय उक्त समाचारपत्रले दक्षिण एसियाली समुदायका विभिन्न व्यक्तित्वलाई उनीहरुले गरेको योगदानको कदर गर्दै सम्मान गर्ने गर्छ ।

सांसद हुसेनले अभिनेत्री कोइरालाले तीन दशक बढी समयमा कला क्षेत्रमा गरेको योगदान प्रशंसनीय रहेको जनाए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू