शुक्रबार, वैशाख २१, २०८१
19:28 | ००:१३

त्रिकोणात्मक ट्वान्टी–२० मा नेपालद्वारा हङकङ पराजित

रासस अक्टोबर १९, २०२३

काठमाडौँ, २ कात्तिक- राजधानीमा जारी त्रिकोणात्मक ट्वान्टी–२० क्रिकेट सिरिजमा नेपालले हङकङलाई ६ विकेटले पराजित गरेको छ । हङकङले प्रस्तुत गरेको ९५ रनको विजयी लक्ष्य पच्छ्याएको नेपालले १३ दशमलव ५ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो । यो जितसँगै नेपालले जारी प्रतियोगितामा लगातार दोस्रो जित दर्ता गराएको छ ।
हिजो भएको पहिलो खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (युएई) लाई सात विकेटले पराजित गरेको थियो ।
नेपालका लागि आरिफ शेखले सर्वाधिक ४२ रनको योगदान दिए । उनले ३४ बलमा ६ छक्कासहित ४२ रनको योगदान दिएका हुन् । कप्तान रोहितकुमार पौडेलले अविजित २५ रन बनाए भने गुल्सन झाले अविजित १४ रन जोडे । कुशल भुर्तेल ८ रनमा आउट भए ।
हङकङका लागि एहशान खानले तीन विकेट लिए भने यासिम मुर्ताजाले एक विकेट झारे । त्यसअघि माथिल्लो मूलपानी क्रिकेट मैदान टस हारेर पहिले ब्याटिङको निम्तो पाएको हङकङ १९ दशमलव ३ ओभरमा सबै विकेट गुमाउँदै ९४ रनमा समेटिएको थियो । हङकङका लागि यासिम मुर्ताजा सर्वाधिक ३६ बनाए । जिशन अलीले १७ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
हङकङलाई ९४ रनमा समेट्नेक्रममा नेपालका करण केसीले चार विकेट लिए भने अविनाश बोहरा र सोमपाल कामीले समान दुई/दुई विकेट लिए । त्यस्तै कुशल मल्ल र श्याम ढकाल (मौसम)ले समान एक/एक विकेट लिए ।
प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू