शनिबार, साउन १२, २०८१
02:15 | ०७:००

बेलायतबाट फर्किए प्रधानसेनापति

रासस अक्टोबर १४, २०२३

बेलायत भ्रमणका क्रममा प्रधानसेनापति

काठमाडौँ, २८ असोज–प्रधानसेनापति प्रभुराम शर्मा संयुक्त अधिराज्य, बेलायतको औपचारिक भ्रमण सम्पन्न गरी आज स्वदेश फर्किएका छन् ।

उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रक्षामन्त्रालयका सचिव किरणराज शर्मा तथा नेपाली सेनाका बलाध्यक्ष रथी सीताराम खड्काले स्वागत गरे ।

बेलायतका चिफ अफ द जनरल स्टाफ पट्रिक सन्डर्सको औपचारिक निमन्त्रणामा यही असोज २१ गते उनी त्यसतर्फ प्रस्थान गरेका थिए । बेलायत भ्रमणका दौरान प्रधानसेनापतिले बेलायती समकक्षीसँग त्यहाँको सैनिक मुख्यालयमा शिष्टाचार भेटघाट गरेका थिए ।

उनले रोयल कलेज अफ डिफेन्स स्टडिजको भ्रमण गर्नुका साथै ती शिक्षण संस्थाका कमाण्डेडहरुसँग भेट गरे । त्यस्तै उनले ब्रिगेड अफ गोर्खाज हेडक्वाटर्सको भ्रमण गरेका थिए । प्रधानसेनापति बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले उनको सम्मानमा नेपाली राजदूतावासमा आयोजना गरेको रात्रिभोजमा समेत सरिक भएका थिए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू