शुक्रबार, वैशाख २१, २०८१
04:45 | ०९:३०

एक सय १४ स्वर्णका साथ एशियाडमा चीनको वर्चस्व

रासस/एएफपी सेप्टेम्बर ३०, २०२३

चिनिया खेलाडी जीतपछि खुशी व्यक्त गर्दै । तस्बिर सिन्हवा

हाङझाउ, १३ असोज–एशियाली खेलकुद प्रतियोगितामा आयोजक राष्ट्र चीनले शुक्रबार पनि अग्रता कायम गरेको छ । एक सय १४ स्वर्ण, ६८ रजत र ३४ कास्य पदक जितेर आफूलाई पहिलो स्थानमा राख्न चीन सफल भएको हो ।
गणतन्त्र कोरियालाई एक तहपछि छाड्दै जापान दोस्रो स्थानमा टिक्न शनिबार पनि सफल भएको छ । जापानले २८ स्वर्ण, ३८ रजत र ३९ वटा कास्य पदक जितेको छ भने तेस्रो स्थानमा खुम्चिएको दक्षिण कोरियाले २७ स्वर्ण, २९ रजत र ५४ कास्य गरी एक सय १० पदक हात पारेको छ ।
गत बिहीबारको तुलनामा शुक्रबार केही प्रगति गरेको भारतले शनिबार पनि त्यसलाई निरन्तरता दिएको छ । शुक्रबार चौथो स्थानमा उक्लन सफल भारतीय खेलाडीले देशलाई १० स्वर्ण, १४ रजत र १४ वटा कास्य पदक दिलाएर एशियाड पदक तालिकामा ३८ पदकसहित चौथो स्थान सुरक्षित गरेका छन् ।
शुक्रबार पाँचौ स्थानमा रहेको थाइल्याण्डलाई पछि पार्दै उज्वेकिस्तान अघि बढेको छ । दश स्वर्ण, ११ रजत र १६ वटा कास्य जितेको उसलाई आफ्नो स्थान सुनिश्चित गर्न धौ–धौ परेको छ । आठ स्वर्ण, ४ रजत र १४ कास्यसहित थाइल्याण्ड छैटौँ स्थानमा झरेको छ ।
एशियाडको पछिल्लो पदक तालिकाअनुसार चाइनिज ताइपेइ, हङकङ, प्रजातान्त्रिक जनगणतन्त्र कोरिया र इरान क्रमश: सातौ, आठौँ, नवौँ र दशौँ स्थानमा छन् ।
शनिबार महिला भारत्तोलनमा एउटा स्वर्ण पदक जितेर इरानलाई पाखा लगाउँदै उत्तर कोरिया नवौँ स्थानमा उक्लिएको हो । राजनीतिक प्रतिद्वन्द्वी दक्षिण कोरियालाई उत्तरले हराएको हो । शुक्रबार इरान पदक तालिकामा नवौँ स्थानमा थियो ।
चाइनिज ताइपेइले ७, हङकङले ५, उत्तर कोरियाले ५ र इरानले ३ वटा स्वर्ण पदमा चित्त बुझाएका छन् ।
प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू