सोमबार, वैशाख २४, २०८१
21:39 | ०२:२४

तेस्रो माया सुपर सिक्स क्रिकेट आइतबार, ६ टीम भिड्दै

नेपाली लिङ्क सेप्टेम्बर ९, २०२३


लन्डन। बेलायतमा वर्षेनी हुंदै आएको माया सुपर सिक्स क्रिकेटको तेस्रो संस्करण आइतबार लन्डनमा हुँदैछ।

अघिल्ला दुई संस्करणको सफलतापछि हुन लागेको तेस्रो संस्करणको लागि सम्पूर्ण पूरा तयारी भएको आयोजकद्वय म्यानी गुरुङ र विधानराज गिरीले बताए।  

सुपर सिक्स लिग खेल्न ओभरसिज खेलाडीका रुपमा दिनेश खरेल लण्डन आइपुगेका छन्। न्युजिल्यान्डको अक्ल्यान्डबाट आएका नेपाली मुलका खरेलले हिमालय क्रिकेट क्लबको प्रतिनिधित्व गर्दै खेल्दैछन्।  

प्रतियोगितामा ६ टिमले प्रतिष्पर्धा गर्नेछन्। सल्सबरीस्थित टिडवर्थ क्रिकेट ग्राउन्डमा पहिलो खेल बिहान ९.३० मा सञ्चालन हुने र सोही दिन नै सकिने संयोजक म्यानी गुरुङले  जानकारी दिए ।

गोर्खा टाइगर्स लेस्टर क्रिकेट क्लब, रमाइलो क्रिकेट क्लब, हिमालयन क्रिकेट क्लब, हिमालयन ब्वाइज, खुकुरी क्रिकेट क्लब र वीन्चेस्टर नेपाली क्रिकेट क्लब गरि ६ वटा टिमले प्रतिस्पर्धा गर्नेछन् ।

खेलमा विजेता र उपविजेतालाई नगद पुरस्कार र ट्रफी हस्तान्तरण गर्ने आयोजकले बताएका छन्। खेलमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई पनि विशेष पुरस्कार व्यवस्था छ ।

आयोजकले क्रिकेटमार्फत नेपालीबीचको आत्मीयता थप उजागर हुनुका साथै नेपाली क्रिकेटलाई पनि सहयोग पुग्ने विश्वास लिएका छन्।

क्रिकेट प्रतियोगिताको मुख्य प्रायोजक माया सपोर्टेड लिभिङ छ भने प्रायोजनमा अवतार डाइनिङ र वल्ड रेमिट छन् ।  

आयोजकका तर्फबाट म्यानी गुरुङले लन्डन, आसपास र वील्सायरका सम्पूर्ण खेल प्रेमीलाई उपस्थित भइ खेलाडीलाई हौसला प्रदान गर्न आग्रह गरेका छन्।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू