मंगलबार, जेठ १, २०८१
22:59 | ०३:४४

भारतलाई टक्कर दिंदै नेपालले दियो २३१ रनको लक्ष्य

नेपाली लिङ्क सेप्टेम्बर ४, २०२३


लन्डन । एसिया कप क्रिकेटअन्तर्गत भारतसंगको ऐतिहासिक पहिलो खेलमा नेपालले २ सय ३१ रनको लक्ष्य पेश गरेको छ।

टस हारेर पहिलो ब्याटिंग गर्दै नेपालले ४८ दशमलव २ ओभरमा सबै विकेट गुमाउँदा २ सय ३० रन जोडेको हो ।

नेपालका लागि ओपनर आसिफ शेखले सर्वाधिक ५८ रनको अर्धशतकीय पारी खेले ।

सोमपाल कामीले ४८ र ओपनर कुशल भुर्तेलले ३८ रनको महत्वपूर्ण योगदान गरे। त्यस्तै, दिपेन्द्रसिंह ऐरीले २९ तथा गुल्झन झाले २३ रन बनाए भने अन्य सबै ब्याट्सम्यान दोहोरो अंक जोड्न नसकी आउट भए ।

भारतका लागि रविन्द्र जडेजा र मोहम्मद सिराजले सर्वाधिक तीनतीन विकेट लिए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू