सोमबार, वैशाख १७, २०८१
09:58 | १४:४३

प्रकाश सपूत पहिलोपटक बेलायत आउंदै, अगस्ट २५ मा कार्यक्रम

नेपाली लिङ्क अगस्ट ११, २०२३

लन्डन। पछिल्लो समयका सर्वाधिक लोकप्रिय गायक प्रकाश सपूत अन्तत: बेलायत आउने भएका छन्। 

यसअघि कयौंपटक भिसा ‘रिजेक्ट’ भएका कारण आउन नपाएका उनले यसपटक भिसा पाएपछि पहिलोपटक बेलायत आउने पक्का भएको हो।

क्याप्लर इभेन्ट्सले अगस्ट २५ मा अल्डरसटको एम्पायर हलमा आयोजना गर्ने एकल सांगीतिक साँझमा प्रकाशले प्रस्तुति गर्नेछन्। बेलुका ७ देखि १० बजेसम्म तय शो हेर्न २५ पाउन्ड टिकट राखिएको छ।  

आयोजक समूहका सदस्य अनिल मल्लका अनुसार गायक सपूतले बेलायतको भिसा बुझिसकेका छन्। अल्डरसटमा कार्यक्रम सकिएको भोलिपल्टै अगस्ट २६ मा उनी नेपाल फर्किने योजना रहेको मल्लले जनाए।

तारा गर्बुजा, अनिल मल्ल, मनोज र मनसुदन थापाससहितको केप्लर इभेन्ट्सले सपूतलाई बेलायत ल्याउन लागेको हो।  

युवा पुस्ताका लोकप्रिय गायक सपूत पछिल्लो समय सर्वाधिक सफल छन्। दोहोरी ब्याटल, बोल माया, गलबन्दी हुँदै यो देश मेरो पनि हैन र, कुरा बुझ्नुपर्छ, पिर, सकम्बरी, दमाई महाराजसम्म आइपुग्दा आम दर्शक-श्रोतामा उनको चर्चा र लोकप्रियता चुलिएको छ। 

देश विदेशमा आयोजना हुने सांगीतिक शोहरुमा ‘परफर्मेन्स’ गर्न उनी निकै व्यस्त रहंदै आएका छन्।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू