सोमबार, वैशाख २४, २०८१
03:28 | ०८:१३

मिडल्यान्ड क्रिकेट लिगको फाइनल हुँदै, प्रमुख अतिथि ज्ञानेन्द्र मल्ल

नेपाली लिङ्क अगस्ट ७, २०२३

लण्डन- साझा नेपाली समाजको संयोजनमा हरेक वर्ष आयोजना हुँदै आएको मिडल्यान्ड नेप्लिज क्रिकेट लिगको फाइनल तथा समापन यही सोमबार गरिंदैछ।

उक्त अवसरमा प्रमुख अतिथिका रुपमा हाल बेलायत भ्रमणमा रहेका नेपाली राष्ट्रिय क्रिकेट टीमका पूर्व कप्तान ज्ञानेन्द्र मल्ल आउने भएका छन्।

राष्ट्रिय टीमको कप्तानी गरिसकेका मल्लको उपस्थितिले स्थानीय खेलाडीहरुमा उर्जा थप्ने विश्वास आयोजकले लिएका छन्।

लिगका संस्थापक एवं साझा नेपाली समाज बेलायतका अध्यक्ष दिपक सापकोटाका अनुसार यसपटक लिगको फाइलनलमा नटिङहमको समूह ‘नटिङहम गोर्खा’ र लेस्टरको समूह ‘गोर्खा टाइगर’ पुगेका छन्।

सोमबार लेस्टरको लफब्रोमा फाइनल खेल हुनेछ। सन् २०१९ देखि निरन्तर रुपमा हुँदै आएको प्रतियोगितात्मक खेलमा नटिङहम, पिटरबरो लगायतका स्थानबाट प्रतियोगी समूहहरुले भाग लिएका थिए। 

फाइनल खेललाई भव्य रुपमा सम्पन्न गर्नका लागि अयोजकले मेहनतसाथ व्यापक तयारी गरेका छन् । खेल संयोजक सापकोटाका अनुसार ५ वर्ष देखि निरन्तर रुपमा आयोजना र  व्यवस्थापन भएका कारण बेलायतका नेपालीमा पनि यो प्रतियोगिता लोकप्रिय बनेको छ।

नेपाली युवालाई पनि खेलप्रति आकर्षित गराउने र भविष्यमा खेलबाट पनि नेपालीहरुको पहिचान बनाउने मूल उद्धेश्य रहेको लिगको उद्घाटन सन् २०१९ मा तत्कालिन राजदूत दुर्गाबहादुर सुवेदीले गरेका थिए।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू