सोमबार, वैशाख २४, २०८१
22:47 | ०३:३२

लन्डनमा हुने ब्रिटिश नेप्लिज् प्रिमियर लिग क्रिकेटमा पूर्व कप्तान मल्ल आउंदै

राजन खकुराल अगस्ट १, २०२३

लन्डन- आकर्षक राशिको पुरस्कारसहित लन्डनमा आयोजना हुने दोस्रो ब्रिटिश नेप्लिज् प्रिमियर लिग क्रिकेटमा नेपाली राष्ट्रिय टिमका पूर्व कप्तान ज्ञानेन्द्र मल्ल आउने भएका छन्।  लन्डनको साउथलस्थित ‘लन्डन टाईगर स्पोर्ट भेन्यू’ मा अगस्ट ६ तारिख हुने प्रतियोगितामा विशेष अतिथिका रुपमा उनी आउने भएका हुन्।

लिगमा नेपालको राष्ट्रिय टीमलाई ‘लिड’ गरिसकेका मल्लको सहभागिताले स्थानीय खेलाडीहरुलाई प्रोत्साहन गर्ने अपेक्षा आयोजकको छ।  

लिगको मुख्य आयोजक ‘केटिएम ट्राभल एण्ड टुर्स’ हो । अपरेसन डाइरेक्टर सुनिल थापाका अनुसार प्रतियोगितामा खुकुरी क्रिकेट क्लब, एडिनबरा फाएरबल, लन्डन सुपर स्पोर्टस, नयां युवा क्रिकेट क्लब, गोर्खा क्रिकेट क्लब र मिडल्यान्ड वारियर्ससहित छ टीमले प्रतिस्पर्धा गर्नेछन्।

दोस्रो संस्करण पहिलो भन्दा परिष्कृत गराइने जनाउँदै थापाले प्रतियोगिता हेर्न आम दर्शकलाई आमन्त्रण समेत गरेका छन् । प्रवेश र कार पार्क नि:शुल्क गरिएको छ । बिजेता पुरस्कार लामिछाने फाउन्डेसनले प्रायोजन गर्दै छ भने पहिलो रनर अप पुरस्कार माया सपोर्टेड लिभिङले प्रायोजन गर्नेछ।  

टुर्नामेन्ट डाइरेक्टर विनोदविकास सिम्खडाले अन्तर्राष्ट्रियस्तरको मैदान, एम्पायर र खेल हुने जानकारी दिए। प्रतियोगिता बिहान ८ बजे सुरु भएर साँझ ७ बजेसम्म सञ्चालन हुनेछ। सबै टिमले कम्तीमा दुईवटा खेल्ने र फाइनलमा पुग्नेले थप एक खेल खेल्ने सिम्खडाले बताए। 

प्रतियोगितामा प्रति टिम ८ खेलाडी, प्रतिइनिङ ८ ओभर खेल, पिंक बल र इंग्ल्यान्ड क्रिकेट बोर्डमा दर्ता भएका एम्पायरहरूको व्यवस्था गरिएको सिम्खडाले बताए।

उनले प्रतियोगिता अवलोकनका लागि स्थानीय सांसद वीरेन्द्र शर्मा, लन्डनस्थित नेपाली दूतावास प्रतिनिधि, नेपाल क्रिकेट टिमका पूर्व राष्ट्रिय कप्तान लगायत करिब तीन हजार दर्शक सहभागी रहने अपेक्षा गरिएको पनि जानकारी दिए।

उक्त अवसरमा खेलकुद मात्र नभएर डिजे, बाउन्सी क्यासल, स्ट्रिट फुड, कमर्सियल स्टलको व्यवस्था गरिने मार्केटिङ डाइरेक्टर अभिषेक भट्टराईले बताए।

प्रतियोगितालाई गोर्खाज कन्सट्रक्सन, सोलिसिटर रोजन भन्डारी, एफिनिटी एसोसिएट्स, खुकुरी बियर, माया सपोर्टेड लिभिङ, एचटिआर रिक्रुटमेन्ट, अक्सब्रिज मःम, वर्ल्ड रेमिट, गोर्खा मःम, हिरेन पटेल सोलिसिटर, केटिएम स्टोर, च्यानल लन्डन, सुभु कन्स्ट्रक्सन लिमिटेड, लन्डन टाइगर, राजन अधिकारी फोटोग्राफी, क्यापिटल किड्स क्रिकेट, मिडलसेक्स क्रिकेट, युनी ल्याडर कन्सलटेन्सी, चुलो इन-ची, रेड प्यारोट एकाउन्टिङ, गोर्खा क्लिनिङ सर्भिस, रुबी एमयस रेष्टुरेन्ट, द कोनोइसियुर रेष्टुरेन्ट, योर ड्राइभिङ स्कुल, आर के अटोज लगायतले प्रायोजन गरेका छन्।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू