बुधबार, वैशाख १२, २०८१
09:48 | १४:३३

प्रधानमन्त्रीसँग विश्व खाद्य तथा कृषि सङ्गठनका महानिर्देशकको भेटवार्ता

रासस जुलाइ २५, २०२३

प्रधानमन्त्री पुष्पकमल दाहाल …’प्रचण्ड’ युएनएफएसएसको सिलसिलामा मङगलबार रोममा एफएओका महानिर्देशक क्यू डोङग्यूसँग द्विपक्षीय भेटवार्ता गर्दै । तस्बिर- प्रदीपराज वन्त/रासस

काठमाडौँ, ९ साउन–इटाली भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र विश्व खाद्य तथा कृषि सङ्गठनका महानिर्देशक क्यू डोङग्यूबीच भेटवार्ता भएको छ ।

राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठनको मुख्यालयमा आज भएको भेटमा कृषि अभ्यासको अभिवृद्धि, खाद्य सुरक्षा र दिगो विकासका विविध विषयमा छलफल भएको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ ।

विश्वव्यापी रुपमा भोकमरीको अन्त्य गर्ने मानव कल्याणका लागि स्थापित सो संस्था संयुक्त राष्ट्र सङ्घको महत्वपूर्ण निकाय हो । सो संस्थाको नेपालमा सन् १९५१ काम गर्दै आएको छ ।

त्यसअघि प्रधानमन्त्री प्रचण्डसँग इन्टरनेसनल फन्ड फर एग्रिकल्चर डेभलपमेन्ट (आइएफएडी) का प्रमुख एल्भारो लाइरोले भेटवार्ता गरेका थिए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू