शनिबार, साउन १२, २०८१
02:38 | ०७:२३

एनआरएनए यूके निर्वाचनमा अहिलेसम्म ८० प्रतिशत मत खस्यो

नेपाली लिङ्क जुलाइ २२, २०२३


लन्डन । एनआरएनए यूकेका पञ्जीकृत सदस्यहरुले नयाँ कार्यसमिति चुन्न अहिले मतदानमा भाग लिइरहेका छन् ।

बिहान ६ बजे शुरु भएको मतदानमा बेलुका १० बजेसम्म ८० प्रतिशत बढी मत खसेको छ।

एनआरएनए यूके निर्वाचन अनुगमनको जिम्मेवारी पाएका युरोप क्षेत्रीय उपसंयोजक दयानिधि सापकोटाले अहिलेसम्म इंग्ल्याण्डमा २ हजार ९६९ (८४.४ प्रतिशत), स्कटल्याण्ड ४६९ (९३.८ प्रतिशत), नर्दन आयरल्याण्ड र वेल्समा १४४ (८५.७ प्रतिशत) मत खसेको जनाए । कुल मतदाता ४ हजार १ सय ८३ छन् । 

मतदान मध्यरात १२ बजेसम्म जारी रहनेछ ।  

एनआरएनए यूकेमा पहिलोपटक फेस भेरिफिकेसन विधिद्वारा मतदान गराइएको हो ।

सन् २०२३-२५ कार्यकालका लागि कार्यसमितिका अधिकांश पद निर्विरोध भएपनि अध्यक्ष, दुई उपाध्यक्ष, उपाध्यक्ष (स्कटल्याण्ड), महासचिव, सहकोषाध्यक्ष, युवा संयोजक र चार आइसीसी सदस्य पदमा भने निर्वाचन हुंदैछ ।

एनआरएनए यूके अध्यक्षमा दिनेश घिमिरे, डा. नारायण कंडेल र हित काजी गुरुङबीच प्रतिस्पर्धा छ । त्यस्तै, इंग्ल्यान्ड र स्कटल्याण्डमा राज्य समन्वय परिषदको अध्यक्ष पदमा पनि मतदान भइरहेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू