सोमबार, वैशाख २४, २०८१
07:03 | ११:४८

फिफा वरियतामा नेपालको स्थान यथावत

रासस जुलाइ २०, २०२३

काठमाडौँ, ४ साउन–विश्व फुटबलको सर्वोच्च निकाय इन्टरनेशनल फेडेरेसन अफ एसोसिएसन फुटबल (फिफा) ले आज सार्वजनिक गरेको नयाँ विश्व वरियतामा नेपाल पहिलेकै स्थानमा यथावत छ ।

फिफाले सार्वजनिक गरेको नयाँ वरियताअनुसार नेपाल १७५ औं स्थानमा छ ।

नयाँ वरियता अनुसार दक्षिण एसियाली राष्ट्रमा भने नेपाल तेस्रो स्थानमा छ । नेपालभन्दा अघि रहेको भारत ९९ औं स्थानमा छ भने माल्दिभ्स १५५ औं स्थानमा छ । नेपालपछि भुटान १८५ औं, बङ्गलादेश १८९ औं, पाकिस्तान २०१ औं र श्रीलंका २०४ औं स्थानमा छ ।

विश्व वरियताको शीर्ष स्थानमा अर्जेन्टिना छ भने दोस्रो स्थानमा फ्रान्स छ । यसैगरी ब्राजिल तेस्रो स्थानमा रहँदा इङ्ग्ल्यान्ड चौँथो तथा बेल्जियम पाँचौं स्थानमा छन् ।

यसैगरी क्रोसिया छैटौं, नेदरल्याण्ड्स सातौं, इटाली आठौं, पोर्चुगल नवौं तथा स्पेन दशौं स्थानमा छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू