शनिबार, साउन १२, २०८१
06:41 | ११:२६

राष्ट्रिय आविष्कार केन्द्रलाई भीमसेन थापा पुरस्कार

रासस जुलाइ १८, २०२३

काठमाडौँ, २ साउन-यस वर्षको राष्ट्रिय विभूति भीमसेन थापा स्मृति पुरस्कार राष्ट्रिय आविष्कार केन्द्रलाई प्रदान गरिने भएको छ ।

राष्ट्रिय विभूति थापा स्मृति प्रतिष्ठानको आज बसेको बैठकले यस वर्षको भीमसेन थापा स्मृति पुरस्कार महावीर पुन संस्थापक रहेको राष्ट्रिय आविष्कार केन्द्रलाई प्रदान निर्णय गरेको हो । 

प्रतिष्ठानका अध्यक्ष प्रा डा पार्थिवेश्वर तिमिल्सिनाको अध्यक्षतामा बसेको बैठकले भीमसेन थापाको २४९औँ जन्मजयन्तीको अवसरमा यही साउन ९ गते उक्त पुरस्कार प्रदान गर्ने निर्णय गरेको प्रतिष्ठानका महासचिव लक्ष्मण थापाले जानकारी दिए ।

उक्त पुरस्कारको राशी रु एक लाख छ । गत वर्ष उक्त पुरस्कार भक्ति थापा स्मृति प्रतिष्ठानलाई प्रदान गरिएको थियो । 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू