शनिबार, साउन १२, २०८१
06:22 | ११:०७

अमेरिकी सहायक विदेश मन्त्री लु नेपाल भ्रमणमा   

रासस जुलाइ १४, २०२३

काठमाडौँ, २९ असार- संयुक्त राज्य अमेरिकाका दक्षिण तथा मध्य एसिया हेर्ने सहायक विदेशमन्त्री डोनाल्ड लु एक दिने नेपाल भ्रमणका क्रममा आज नेपाल आइपुगेका छन्  ।

उनले आजै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र परराष्ट्रमन्त्री एनपी साउदसँग छुट्टाछुट्टै शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम छ ।

उनले आजै नेपाल सरकारका उच्च नेतृत्वकर्तासँग शिष्टाचार भेट गर्ने र यहाँस्थित अमेरिकी दूतावासका कर्मचारीलाई पनि भेट्ने दूतावासले जनाएको छ ।

यसका साथै उनले अमेरिकन चेम्बर अफ कमर्सको एक सदस्य संस्थासँग भेटघाट गर्ने जनाइएको छ । उनले नेपालीहरूलाई विश्वव्यापीरूपमा प्रतिस्पर्धा गर्न सक्षम बनाउने दिशामा अनुपम सीप प्रदान गर्न उनीहरूले गरेका प्रयासका बारेमा पनि बुझ्ने छन्।

लुले गत वर्ष पनि नेपाल भ्रमण गरेका थिए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू