शुक्रबार, वैशाख ७, २०८१
00:53 | ०५:३८

श्रृजनशील लेष्टर नेपालमा नयाँ नेतृत्व, पुण्डरी अर्याल अध्यक्ष

नेपाली लिङ्क मे ३१, २०२३

लन्डन । बेलायतको लेष्टर क्षेत्रमा बस्ने नेपालीहरुको संस्था ‘श्रृजनशील लेष्टर नेपाल यूके’ ले नयाँ  नेतृत्व पाएको छ । बुधबार स्थानीय थ्री किल्स रेष्टुरेन्टमा सम्पन्न साधारणसभाले पुण्डरी अर्यालको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति निर्वाचित गरेको हो।

यसअघि दुई कार्यकाल महासचिव र एक कार्यकाल सचिवको जिम्मेवारी निर्वाह गरेका अर्यालले अब संस्था हाँक्ने जिम्मेवारी प्राप्त गरेका छन् ।  

नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा टिकाराम (लक्ष्मण) गौतम निर्वाचित भएका छन् । यसअघि संस्थामा उनी सचिवको जिम्मेवारीमा थिए।

त्यस्तै, नयाँ कार्यसमितिमा शिव पराजुली महासचिव, माया प्रधान र दशरथ खरेल सचिव, मधुसुधन पौडेल कोषाध्यक्ष र हरि भक्त महर्जन सहकोषाध्यक्ष तथा श्याम खत्री, प्रकाश कंडेल, दिनानाथ अर्याल, अन्दाज राणा, कृष्ण कंडेल, रीता डोटल, रूपा लोहनी निउरे, रूपा खराल, राजुमान निउरे र राजन पाण्डे सदस्य निर्वाचित भएका छन्।

संस्थाका संस्थापक अध्यक्ष एवम् निर्वाचन समिति संयोजक  राजु कंडेलले नवनिर्वाचित कार्यसमितिको घोषणा गर्दै शपथग्रहण गराएका थिए ।  

साधारणसभामा अतिथिको रूपमा समाजका संस्थापक अध्यक्ष राजु कँडेल, समाजका पूर्व अध्यक्ष एवम् एनआरएनए युरोप उपसंयोजक दयानिधि सापकोटा, समाजका पूर्व अध्यक्ष एवं साझा नेपाली समाजका उपाध्यक्ष प्रेम आले मगर, समाजका पूर्व अध्यक्ष बलराम चापागाई, एनआरएनए यूके उपाध्यक्षद्वय नारायण कँडेल र गोविन्द खरेल, साझाका ट्रष्टी संयोजक एवम् एनआरएनए आइसीसी सदस्य महेश अधिकारी, एनआरएनए यूके सचिव बिष्णु चालिसे, नटिंघम समाजका अध्यक्ष रविन्द्र शर्मा, पिटरबरो नेपाली समाजका ट्रष्टी भरत पान्डे, नटिंघम समाजका पूर्व अध्यक्ष प्रविण पान्डे, पूर्व उपाध्यक्ष शम्भु अर्याललगायत उपस्थित थिए।

उनीहरुले नयाँ कार्यसमितिलाई बधाई, शुभकामना दिंदै नारायण फुयांलको अध्यक्षतामा रहेको निवर्तमान कार्यसमितिलाई थुप्रै प्रशंसनीय कार्यसहित सफल कार्यकालको लागि बधाई दिएका थिए।

यसअघि निवर्तमान कार्यसमितिका अध्यक्ष नारायण फुयांलको अध्यक्षतामा सम्पन्न साधारणसभाको पहिलो सत्रमा महासचिव पुण्डरी अर्यालको वार्षिक तथा कोषाध्यक्ष मधुसुदन पौड्यालको आर्थिक प्रतिवेदन पारित गरिएको थियो ।

पहिलो चरणको कार्यक्रममा अध्यक्ष नारायण फुयांलले आफ्नो अध्यक्षतामा रहेको कार्यसमितिको कार्यकाल समापनको घोषणा गर्दै दोश्रो चरणको कार्यक्रम एवं नयाँ कार्यसमिति चयनको जिम्मा पाएको निर्वाचन समितिलाई हस्तान्तरण गरेका थिए ।  

नवनिर्वाचित अध्यक्ष पुन्डरी अर्यालले आफ्नो कार्यकालमा समाजका लागि सकेको राम्रो योगदान दिने प्रतिबद्धता व्यक्त गरे।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू