शनिबार, वैशाख ८, २०८१
19:59 | ००:४४

नक्कली भुटानी शरणार्थी प्रकरणमा जोडिएकालाई हदैसम्मको कारवाही गर्न लन्डनबाट माग

नेपाली लिङ्क मे २६, २०२३


लण्डन- नेपाल सरकारले नक्कली भुटानी शरणार्थी प्रकरणमा जोडिएकाविरुद्ध निस्वार्थ र निडरताका साथ सही कदम चालेको भन्दै प्रवासी नेपाली एकता मंच युरोप समन्वय कमिटीले प्रधानमन्त्री, गृहमन्त्री र नेपाल प्रहरीलाई बधाई दिएको छ । 

लण्डनस्थित नेपाली दूतावासमार्फत शुक्रबार नेपालका प्रधानमन्त्रीलाई बुझाइएको एक ज्ञापनमा कमिटीले उक्त कार्य जुनसुकै व्यक्तिले गरेको भएपनि नेपालको प्रचलित कानून बमोजिम निज ब्यक्तिहरुलाई हदै सम्मको कारवाही गर्न नेपाल सरकारसमक्ष जोडदार माग पनि गरेको छ ।  

‘उक्त कार्यमा संलग्न पात्रहरु जुनसुकै राजनीतिक दल, प्रशासन यन्त्र वा विगतमा जस्तोसुकै ओहदामा पुगेका व्यक्ति भएपनि तिनलाई कठोर दण्डको भागीदर बनाउनै पर्छ’- प्रवासी नेपाली एकता मंच युरोप समन्वय कमिटीका अध्यक्ष उमेशराज मोक्तान र महासचिव मनोज भुसालद्वारा हस्ताक्षरित ज्ञापनमा जोड दिइएको छ । 

ज्ञापनमा सार्वभौम नेपाली जनताको हकहित र अधिकारविरुद्ध आफ्नो पदीय आचरण विपरित नैतिक र कानूनी दायित्वबाट विचलित हुँदै जघन्य भ्रष्टाचारजन्य अपराध कार्यमा संलग्न रहि नेपाली नागरिकलाई ठग्ने प्रकरणले सम्पूर्ण नेपालीको शिर निहुरिएको पनि जनाइएको छ । 

ज्ञापनमा नेपाली नागरिकहरुलाई अवैध ढंगले भुटानी शरणार्थी बनाइ अमेरिका पठाउने नाममा तिनै नेपालीमार्फत लाखौं रुपैयां असुल गर्ने काम जगन्य मानव बेचविखन अपराध मात्र नभएर अन्तरराष्ट्रिय स्तरमा नै नेपालको राष्ट्रियता, सार्वभौमिकता र विश्वशनीयताप्रति विश्वको हेराइबाट लाजले शिर निउराउनु परेको अवस्था आएको उल्लेख छ । 

अध्यक्ष मोक्तानले ज्ञापन वाचन गरेपछि राजदूत ज्ञानचन्द्र आचार्यलाई हस्तान्तरण गरेका थिए । 

ज्ञापन-

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू