शुक्रबार, चैत १६, २०८०
01:44 | ०७:२९

ब्रिटिश गोर्खामा नयाँ भर्ती सैनिकले गरे लन्डनको सांस्कृतिक भ्रमण (भिडियो)

नेपाली लिङ्क मे २१, २०२३

लन्डन । बेलायती सेनाको गोर्खा ब्रिगेडमा हालै भर्ती भएका एक सय भन्दा बढी सैनिकले लन्डनको सांस्कृतिक भ्रमण गरेका छन् ।

बेलायतको इतिहास र संस्कृतिसंग प्रत्यक्ष साक्षात्कर गराउने उद्धेश्यले उनीहरुलाई राजधानी शहरको सांस्कृतिक भ्रमण गराइएको हो ।

नेपालबाट भर्ती भएर गत फेब्रुअरीमा बेलायत आइपुगेका सैनिकहरु क्याटरिकस्थित इन्फेन्ट्री ट्रेनिङ सेन्टरमा तालिमरत छन्।

लन्डनको पहिलो अनुभव लिने क्रममा नयाँ भर्ती सैनिकहरुले विश्वमाझ बेलायतको राजधानी शहर चिनाउने केही प्रसिद्ध स्थानहरुको अवलोकन गरेका थिए ।

सोहि अवसरमा उनीहरूलाई हाउस अफ कमन्समा सभामुख सर लिन्डसे होइलसँग चियाबिस्कुट पनि खुवाइएको थियो।

गोर्खा सैनिकहरुले लन्डनको भ्रमण आफूहरुको लागि बेलायतका धेरै कुरा देख्ने र सिक्ने अवसर रहेको बताएका थिए । बेलायती संसदभित्रै सभामुखसंगको साक्षात्करलाई उनीहरुले ‘गौरवको क्षण’ भनेका थिए ।

हेरौं भिडियो:

(समाचार तथा भिडियो स्रोतः फोर्सेज डट नेट)

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू