आइतबार, जेठ ६, २०८१
09:13 | १३:५८

लन्डनमा परराष्ट्रमन्त्री साउदको राजा, प्रधानमन्त्री र मन्त्रीहरुसंग भेटघाट

नेपाली लिङ्क मे ६, २०२३

राजासंग परराष्ट्रमन्त्री साउद (बाया) । तस्बिर- इयान जोन्स

लन्डन । परराष्ट्र मन्त्री नारायणप्रकाश (एनपी) साउद बेलायतका राजा चार्ल्स तृतीय तथा रानी क्यामिलाको राज्याभिषेक समारोहमा सरिक भएका छन् ।

शनिबार लन्डनको ऐतिहासिक वेस्टमिन्स्टर आबीमा आयोजित एक विशेष समारोहमा परराष्ट्रमन्त्री साउद आफ्नी जीवनसंगिनीका साथ सहभागी भए । सो अवसरमा राजालाई राजमुकुट र उनकी पत्नी क्यामिलालाई पनि रानीको रुपमा मुकुट पहिरयाइएको थियो।

७० वर्षपछि भएको उक्त राज्याभिषेक समारोहमा ९० मुलुकका राष्ट्राध्यक्षसहित विश्वभरबाट झन्डै दुई हजार विशिष्ट पाहुना सहभागी भएका थिए ।

मन्त्री साउदले शुक्रबार बकिङहम राजदरबारमा पाहुनाका लागि आयोजित रिसेप्सनमा राजा र अन्य राजपरिवार सदस्यहरु, बेलायती प्रधानमन्त्री ऋषि सुनक, विदेशमन्त्री जेम्स क्लीभर्ली, मन्त्रीहरु र विश्वका अन्य नेताहरुसंग पनि भेट र संक्षिप्त कुराकानी गरेको लन्डनस्थित नेपाली दूतावासले शनिबार सांझ एक विज्ञप्तिमार्फत जनाएको छ ।

उता, परराष्ट्रमन्त्री साउदले शुक्रबार लन्डनस्थित नेपाली दूतावासमा बेलायती संसदमा नेपालसम्बन्धी सर्वदलीय संसदीय समितिका अध्यक्ष वीरेन्द्र शर्मा, उपाध्यक्ष लर्ड बिलिमोरिया, पूर्व गोर्खा सैनिकहरु लगायतसंग भेट गरेको दूतावासले जनाएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू