सोमबार, वैशाख २४, २०८१
06:30 | ११:१५

लण्डन आइपुगे परराष्ट्रमन्त्री साउद

नेपाली लिङ्क मे ४, २०२३

लन्डन । परराष्ट्रमन्त्री एनपी साउद बेलायती राजा चार्ल्स तृतीयको राज्याभिषेकमा सहभागी हुन बिहीबार राती लन्डन आइपुगेका छन् ।

आफ्ना स्वकीय सचिव र श्रीमतिका साथ मन्त्री साउद बिहीबार राती ८. २५ बजे लन्डन हिथ्रो उत्रिएका हुन्   

लन्डनस्थित नेपाली दूतावासका अनुसार, मन्त्री साउदलाई बेलायती विदेश मन्त्रीका विशेष प्रतिनिधि, राजदूत ज्ञानचन्द्र आचार्य र नियोग उपप्रमुख रोशन खनालले भिआइपी (विन्सर सुइट) मा स्वागत गरेका थिए ।

मन्त्री साउद ५ मे शुक्रबार बकिङ्घम दरबारमा हुने स्वागत समारोह र ६ मे वेष्टमिन्स्टर आबीमा हुने राज्याभिषेक समारोहमा सहभागी हुने छन्।

यही ६ मे शनिबार राजा चार्ल्सको रानी (क्विन कन्सोर्ट) कमिलाका साथ लन्डनस्थित एक प्रसिद्ध गिर्जाघर वेस्टमिन्स्टर आबीमा राज्याभिषेक हुने तयारी छ । 

बेलायतमा गएको ९०० वर्षदेखि वेस्टमिन्स्टर आबीमा राजाहरुको राज्याभिषेक हुने गरेको छ। उक्त गिर्जाघरमा राज्याभिषेक हुने चार्ल्स ४० औं राजा हुनेछन् ।

बेलायतमा रहंदा परराष्ट्रमन्त्री साउद अन्य औपचारिक कार्यक्रममा समेत सहभागी हुने जनाइएको छ ।

परराष्ट्रमन्त्री साउद यही वैशाख २६ गते स्वदेश फर्कने तालिका छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू