सोमबार, वैशाख २४, २०८१
23:11 | ०३:५६

बेलायतमा स्थानीय निर्वाचन आज, मैदानमा नेपाली मूलका उम्मेदवारहरु पनि

नेपाली लिङ्क मे ४, २०२३

रेडिङमा लेबर उम्मेदवार राम गलामी र टीम मतदान केन्द्रमा ।

लन्डन । बेलायतमा यो वर्षको स्थानीय निर्वाचनअन्तर्गत विहीबार मतदान भइरहेको छ ।  

इंग्ल्याण्डका कुल २ सय ३० काउन्सिलअन्तर्गत करिब ८ हजार स्थानमा काउन्सिलरहरु यो निर्वाचनमार्फत् चुनिनेछन् । त्यस्तै, विभिन्न ४ स्थानमा मेयर पनि निर्वाचित हुनेछन् ।

अल्डरसटमा लेबर उम्मेदवार धनबहादुर सार्की

बेलायतको यो स्थानीय निर्वाचनमा केही नेपाली मूलका उम्मेदवार पनि प्रतिस्पर्धामा छन् ।  

अल्डरसटमा धन सार्की, केन्ट मेडिस्टोनमा दिनेश खड्का, रेडिङमा राम गलामीलगायत उम्मेद्वार छन्। उनीहरुमध्ये खड्का लिबरल डेमोक्र्याट तथा सार्की र गलामी लेबर पार्टीबाट उम्मेदवार बनेर चुनावी मैदानमा छन् ।  

खड्का यसअघि पनि काउन्सिलर थिए भने सार्की र गलामी दुवै पहिलोपटक उम्मेदवार बनेका हुन्।

बिहान ७ बजे शुरु भएको मतदान राती १० बजे सकिनेछ । शुक्रबारसम्म लगभग सबै नतिजा आइसक्नेछ।  

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू