सोमबार, वैशाख २४, २०८१
01:54 | ०६:३९

बेलायतका राजा चार्ल्सको राज्याभिषेकमा परराष्ट्रमन्त्री साउद आउने

नेपाली लिङ्क अप्रिल ३०, २०२३

लन्डन । बेलायतका राजा चार्ल्स  तृतीयको राज्याभिषेकमा नेपालका तर्फबाट परराष्ट्रमन्त्री एनपी साउद सहभागी हुने भएका छन् ।

चार्ल्स तृतीयको राज्याभिषेकमा सहभागी हुन आगामी मे ४ तारिख उनी बेलायत आउने तय भएको परराष्ट्र मन्त्रालयनिकट स्रोतले जानकारी दियो।

यसअघि राष्ट्रपति रामचन्द्र पौडेलले उक्त कार्यक्रममा भाग लिने तय भएको थियो । उपचारपछि आइतबार मात्रै भारतबाट नेपाल फर्कन लागेका पौडेल स्वास्थ्यका कारणले सहभागी हुन नसकेपछि परराष्ट्रमन्त्री साउद आउन लागेका हुन् ।

चार्ल्स तृतीयको राज्याभिषेक मे ६ तारिख विशेष समारोहबीच हुँदैछ जसमा संसारभरका विभिन्न मुलुकका राष्ट्रप्रमुख एवम् प्रतिनिधिहरुको सहभागिता रहनेछ।  

परराष्ट्रमन्त्री साउद मे ९ तरिख नेपाल फर्किने कार्यक्रम रहेको जनाइएको छ।  

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू