आइतबार, जेठ ६, २०८१
01:40 | ०६:२५

भूतपूर्व गोर्खाहरुले लन्डनमा भेटे परराष्ट्र सचिव

नेपाली लिङ्क अप्रिल २६, २०२३

लन्डन । भूतपूर्व गोर्खाहरुले नेपालका परराष्ट्र सचिव भरतराज पौड्यालसहितको एक प्रतिनिधिमण्डलसंग भेटवार्ता गरेका छन् ।

सचिव पौड्याललाई गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिका प्रमुख संयोजक कृष्णबहादुर राई नेतृत्वको एक टोलीले मंगलबार दिउसो लन्डनस्थित नेपाली दूतावासमा भेटवार्ता गरेको हो ।

नेपाली प्रतिनिधिहरूसंगको कुराकानीमा ब्रिटिश भूतपूर्व गोर्खाहरुलाई बेलायतले गरेको विभेदबारे सचिवस्तरिय वार्तामा पहिलो प्राथमिकतामा पारियोस् भनि अनुरोध गरिएको प्रमुख संयोजक राईले बताए । ‘सचिवज्यूले मलाई गोर्खाहरुका माग र गुनासाबारे राम्रो ज्ञान छ । हामी बेलायतसंग गम्भीर रुपमा कुरा राख्छौं भन्नुभएको छ’, राईले भने ।

सत्याग्रहले विषयगत विज्ञहरुसंग छलफल र आउंदो सेप्टेम्बरमा हुने मन्त्रिस्तरिय वार्तामार्फत गोर्खा समस्याको दीर्घकालिन समाधान होस् भन्ने आफूहरुको चाहना सचिवलाई अवगत गराएको पनि राईले जनाए ।

भेटमा अब पनि समस्या समाधान नभए वैकल्पिक उपाय सोच्नुपर्छ भन्ने कुरा गरेको पनि प्रमुख संयोजक राईले बताए । ‘फेरिरहने मन्त्रीहरु भन्दा हामीलाई ब्युरोक्रेसीप्रति विश्वास छ’, उनले भने ।

भेटमा सत्याग्रहका सहसंयोजक याम गुरुङ, कोषाध्यक्ष विष्णु गुरुङ, केन्द्रिय नथ्थुसिंह थापा लगायत सहभागी थिए ।

नेपाल र बेलायतबीच द्विपक्षीय परामर्श संयन्त्रको छैटौँ बैठकमा भाग लिन परराष्ट्र सचिव पौड्याल, उद्योग तथा वाणिज्य सचिव मधु मरासिनी, रक्षा सहसचिव आलोक श्रेष्ठ, मेजर जनरल सितध्वज खड्का लगायत ६ जनाको प्रतिनिधिमण्डल अहिले लन्डनमा छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू