आइतबार, जेठ ६, २०८१
02:47 | ०७:३२

जेरी र कृष्ण काफ्लेका साथ ग्रेटर रेडिङमा नयां वर्ष धमाका

नेपाली लिङ्क अप्रिल २५, २०२३

लण्डन-ग्रेटर रेडिङ नेपाली समाज यूकेले अप्रिल २२ तारिखका दिन विशेष सांगीतिक कार्यक्रमका साथ नेपाली नयां वर्ष २०८० मनाएको छ । 

नेपालबाट आएका कलाकारद्वय बबिता बानिया (जेरी) र कृष्ण काफ्लेको बेजोड प्रस्तुति र स्थानीय कलाकारहरुको नृत्यले कार्यक्रम निकै रोचक बनेको आयोजकको भनाइ छ । सो अवसरमा कविता वाचन पनि गरियो ।  

नेपाली राष्ट्रियगानबाट शुरु गरिएको कार्यक्रमको उद्गघाटन रेडिङ नेपाली समाज यूकेका संस्थापक प्रथम महिला बत्ती गुरुङ र अध्यक्ष भीमसेन खड्काले संयुक्त रुपमा पानसमा बत्ती बालेर गरेका थिए । 


कार्यक्रममा समाजका पूर्व अध्यक्षहरुको तर्फबाट अर्जुन बस्नेत, रेडिङस्थित संघसंस्थाका तर्फबाट रेडिङ मगर समाजका अध्यक्ष सोव रेगामी तथा अध्यक्ष भीमसेन खड्काले शुभकामना दिए । 

सो अवसरमा स्थानीय कलाकारहरु स्वेता सिवाकोटी, बाल कलाकार सम्भवी नेपाल, राफा घिमिरे, प्रियान्सु लगायतले नृत्य प्रस्तुत गरे दुर्गा ढकाल, लक्ष्मी पौड्याल र संगीता राईले कविता वाचन गरे ।  

कार्यक्रममा कलाकारलाई समाजका संस्थापक एवं समाजसेवी विश्वआदर्श पण्डित र अध्यक्ष खड्काले खादा ओढाएर सम्मान गरेका थिए । 

स्वादिष्ट नेपाली परिकारसहित स्थानीय पार्क कम्युनिटी हलमा आयोजना गरिएको सो  कार्यक्रममा समाजका अग्रज ब्यक्तित्व लगायतको उत्साहपूर्ण उपस्थिति थियो । 

कार्यक्रम संचालन रेडिङ नेपाली समाज यूकेका महासचिव ओमकार अधिकारीले गरेका थिए ।


त्यसैगरी, रेडिङ नेपाली समाज यूकेले गत अप्रिल २३ मा ‘जिसीएसइ’ तथा ‘ए लेभल’ विधार्थीहरुलाई लक्षित गरी एक अन्तरकृया कार्यक्रम पनि गरेको छ । 

अन्तरकृयामा भर्खरै मात्र आफ्नो पढाई सकेर करिअर शुरु गरेका नेपाली युवा प्रतिभाहरुले आ-आफ्ना अनुभव र सफलताका कथा सुनाएका थिए ।  

कार्यक्रममा विधार्थीका साथ अभिभावकहरुको पनि उपस्थिति थियो । 

कार्यक्रमको अन्त्यमा समाजका अध्यक्ष भिमसेन खड्का र अभिभावकहरुको तर्फबाट संस्थाका सल्लाहकार ढक गुरुङले अभिभावकहरुको कर्तब्य र भूमिका सम्बन्धी आफ्नो भनाई राख्दै विधार्थीलाई शुभकामना दिए । 

उक्त कार्यक्रम संयोजन संस्थाका उपाध्यक्ष सुरेश थापाले गरेका थिए भने कार्यक्रम संचालन सदस्य श्रीया पौडेलले गरेकी थिइन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू