आइतबार, जेठ ६, २०८१
01:18 | ०६:०३

बेलायत नेपाल द्विपक्षीय परामर्श संयन्त्र बैठक २६ तारिख लण्डनमा

नेपाली लिङ्क अप्रिल २३, २०२३

लण्डन- नेपाल बेलायत द्विपक्षीय परामर्श संयन्त्रको बैठक यही २६ तारिख बुधबार लण्डनमा हुने भएको छ । 

हरेक दुई दुई वर्षमा हुने यस्तो बैठक गत नोभेम्बर २०२० पछि अहिले हुन लागेको हो । नेपाल र बेलायतबीच दौत्य सम्बन्ध स्थापना भएको यस वर्ष १०० वर्ष पुग्दैछ ।

लण्डनस्थित नेपाली दूतावासकी नियोग उपप्रमुख रोशन खनालले बैठकमा आर्थिक, राजनीतिक, गोर्खा, विकास साझेदारी, व्यापार लगानी, शिक्षा, पर्यटन लगायत क्षेत्रमा सहयोग सहकार्य र द्विपक्षीय हितबारे छलफल हुने जनाइन् ।

नेपाली टोलीको नेतृत्व परराष्ट्र सचिव भरतराज पौड्यालले गर्ने र नेपाली टोलीमा उच्च सरकारी अधिकारीहरु पनि हुने खनालले जनाइन् । 

भ्रमणका क्रममा परराष्ट्र सचिव पौड्यालले बेलायती अधिकारीहरुसँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र स्रोतले जनाएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू