शनिबार, वैशाख ८, २०८१
15:17 | २०:०२

क्षेत्री समाज यूकेमा पहिलोपटक महिला नेतृत्व

नेपाली लिङ्क मार्च २५, २०२३

लण्डन । क्षेत्री समाज यूकेको आठौँ साधारणसभाले श्रद्धा थापाको नेतृत्वमा नयाँ नेतृत्व चयन गरेको छ । थापा अघिल्लो कार्यकालकी उपाध्यक्ष हुन् ।

सन् २००७ मा स्थापित संस्थाले पहिलोपटक महिला नेतृत्व पाएको हो । यसपटक नयां कार्यसमितिमा महिलाको वाहुल्यता छ ।

मार्च २५ तारिख आइतबार अल्डरसटस्थित एम्पाएर हलमा सम्पन्न साधारण सभाले सम्पूर्ण पद निर्विरोध निर्वाचित गरेको छ ।

निर्वाचन समितिले गरेको घोषणाअनुसार अध्यक्षमा श्रद्धा थापा, उपाध्यक्षहरु टेकबहादुर घर्ती र दीर्घ केसी, महासचिवमा ध्रुवबहादुर गौतम, कोषाध्यक्षमा अन्जना थापा, सह–कोषाध्यक्षमा सम्झना अधिकारी क्षेत्री, सचिवमा राजु बोहोरा, मिडिया सेक्रेटरीमा नरेन्द्र बस्नेत, पब्लिक रिलेशन सेक्रेटरीमा दिलबहादुर जीसी, कल्चरल सेक्रेटरीमा हिमा क्षेत्री, वुमन कोअर्डिनेटरमा माया केसी निर्वाचित भएका छन्।

त्यसैगरी सदस्यहरुमा टोपबहादुर राउत (रुपेश), सरोज थापा, आनन्द थापा, अजय थापा र रामबहादुर कार्की (शिव) छन् ।

श्रद्धा थापा

अध्यक्ष निर्वाचित थापाले विगतमा रहेका अधुरा काम पुरा गर्ने प्रतिवद्धता व्यक्त गर्दै आफूलाई अध्यक्षको जिम्मेवारी सुम्पिएकामा सबैप्रति आभार व्यक्त गरिन् ।

उनले समाजमा युवा पिंढीलाई समेत आकर्षित गर्न विभिन्न योजना ल्याउने पनि बताइन् ।

यसअघि यज्ञ क्षेत्रीको अध्यक्षतामा भएको साधारणसभामा उपाध्यक्ष महेन्द्र केसीले वार्षिक र आयव्यय प्रतिवेदन पेश गरे । निवर्तमान अध्यक्ष क्षेत्रीले कोभिड लगायत विविध कारण संस्थालाई सोचेजस्तो अगाडि लैजान नसकिएको जनाउंदै आफूले सधैं सक्दो सहयोग गर्ने बताए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू