बिहीबार, वैशाख १३, २०८१
13:55 | १८:४०

एम्पायर हल सञ्चालक गिरीले अल्डरसटमै खोले सुसी मोटो रेष्टुरेन्ट

नेपाली लिङ्क मार्च २२, २०२३

लन्डन । अल्डरसटस्थित एम्पायर हल व्यवस्थापन टिमले अल्डरसटको केन्द्र युनियन स्ट्रिटमा नयां रेष्टुरेन्ट सञ्चालनमा ल्याएको छ ।

गत शुक्रबारसांझ एक विशेष समारोहबीच सुसी मोटो रेष्टुरेन्ट उद्घाटन गरिएको हो ।

जापनिज, चाइनिज, कोरियन र थाई खाना उपलब्ध हुने उक्त रेष्टुरेन्टमा तल ८० सिटिङ रेष्टुरेन्ट र माथि १२० जना खान बस्न मिल्ने हल समेत रहेको सञ्चालक पुरण गिरीले नेपाली लिंकलाई बताए । अब युनियन लाउन्ज एण्ड बार पनि छिट्टै खुल्ने तयारीमा रहेको गिरीले जनाए ।

‘जापनिज खाना स्वास्थ्यकर र बेलायतमा पपुलर बन्दै गएकाले पनि मैले सुसी मोटो शुरु गरें’, सञ्चालक गिरीले भने, ‘हामीसंग अनुभवी सेफ छन् । पारिवारिक वातावरण छ । सबैजना आएर स्वादिष्ट खानाको स्वाद लिन सक्नुहुनेछ ।’

झण्डै २० वर्ष अगाडि सुसी रेष्टुरेन्टमा काम गरेका थिए गिरीले । यसकारण पनि सुसीतिर आफ्नो बेग्लै लगाव रहेको व्यवसायी गिरीले बताए ।

बेलायत यतिखेर आर्थिक मन्दीतर्फ उन्मुख भएका बेला गिरीले किन जोखिम लिए ? प्रश्नमा उनको प्रष्टिकरण छ, ‘अप्ठरो बेला नै गर्ने हो विजनेश । सजिलो बेला त जसले पनि गरिहाल्छन् नि । अर्को कुरा क्वालिटी खाना दिए मानिसलाई जति नै आर्थिक मन्दी भएपनि खानु त परयो ।’

रेष्टुरेन्टले रसमोर बरोबाट फुड हाइजिन रेटिङमा ५ स्टार पाइसकेको जनाउंदै व्यवसायी गिरीले आफ्नो रेष्टुरेन्ट ग्राहकको रोजाइमा पर्ने विश्वास व्यक्त गरे । गिरीसंग सानो ठूलो जस्तोसुकै कार्यक्रम गर्न उपयुक्त मानिने एम्पायर हल व्यवस्थापन र यसअघि रेष्टुरेन्टमा समेत राम्रो अनुभव भएकाले नयां रेष्टुरेन्टले पनि सफलता चुम्ने विश्वास गरिएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू