शनिबार, वैशाख ८, २०८१
21:28 | ०२:१३

क्षेत्री समाज यूके नयाँ नेतृत्वको तयारीमा

नेपाली लिङ्क मार्च २०, २०२३

लन्डन । क्षेत्री समाज यूकेको आठौँ वार्षिक साधारणसभा यही मार्च २५ तारिख शनिबार अल्डरसटस्थित एम्पाएर हलमा हुने भएको छ ।

उक्त साधारणसभाले आगामी दुई वर्षका लागि नयाँ नेतृत्व चयन गर्ने भएकाले पनि यसलाई चासोका साथ हेरिएको छ ।

निर्वाचन प्रक्रिया पूरा भइसकेको र उमेद्वारहरुबाट प्राप्त दरखास्तमध्येबाट अन्तिम नामावलीसमेत प्रकाशन गरिएको प्रमुख निर्वाचन आयुक्त प्रेम खड्काले जानकारी दिए ।

निर्वाचन समितिको अन्तिम नामावलीअनुसार अध्यक्ष पदमा श्रद्धा थापा, उपाध्यक्षहरु टेकबहादुर घर्ती र दीर्घ केसी, महासचिवमा ध्रुब बहादुर गौतम, कोषाध्यक्षमा अन्जना थापा, सह–कोषाध्यक्षमा सम्झना अधिकारी क्षेत्री, सचिवमा राजु बोहोरा, मिडिया सेक्रेटरीमा नरेन्द्र बस्नेत, पब्लिक रिलेशन सेक्रेटरीमा दिलबहादुर जीसी, कल्चरल सेक्रेटरीमा हिमा क्षेत्री, ओमेन कोअर्डिनेटरमा माया केसीको उम्मेद्वारी परेको छ ।

यसैगरी सदस्यहरुमा टोपबहादुर राउत (रुपेश), सरोज थापा, अन्जना थापा, अजय थापा र रामबहादुर कार्की (शिव) को उम्मेद्वारी प्राप्त भएको प्रमुख निर्वाचन आयुक्त खड्काले जानकारी दिए ।

यसपटक क्षेत्री समाज यूकेको नेतृत्व महिलाको हातमा जाने पक्का भएको छ, यद्यपि यसको औपचारिक घोषणा भने आउँदो मार्च २५ का दिन गरिनेछ ।

सन् २००७ मा स्थापित ‘क्षेत्री समाज यूके’ बेलायतमा बसोवास गर्ने क्षेत्रीहरुको साझा सामाजिक संस्था मानिन्छ । यस संस्थाको मूल उद्देश्य सामाजिक एकता कायम गर्नु, समाजमा क्षेत्री समुदायको पहिचान, विकास र उत्थानका लागि संगठित हुनुका साथै बेलायतमा रहेका विभिन्न समुदायसंग प्रगाढ अन्तर सम्बन्ध कायम गर्नु छ ।

क्षेत्री समाज जातीय संगठनमात्र नभई यो सामुदायिक हित र पहिचान स्थापित गर्न अग्रसर छ । क्षेत्री समाज बेलायतले स्थापना कालदेखि नै सामाजिक क्रियाकलाप अगाडि बढाउंदै आएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू