मंगलबार, चैत ६, २०८०
08:05 | १३:५०

बेलायतमा अध्ययनरत नेपाली युवा लन्डनको पार्कमा मृत फेला

नेपाली लिङ्क मार्च २०, २०२३

फाइल तस्विर

लन्डन। बेलायतमा अध्ययनरत एक नेपाली युवा लन्डनमा मृत फेला परेका छन्।

पश्चिम लन्डनको इलिङस्थित इलिङ पार्कमा गतसाता ती  युवाको शव फेला परेको जानकारी प्राप्त भएको लन्डनस्थित नेपाली दूतावासले जनाएको छ।

सम्पर्कविहिन बनेको झन्डै एक महिनापछि उनको शव बेलायती प्रहरीले पार्कमा फेला पारेको जनाइएको छ।

उनको मृत्‍युको कारण स्पष्ट भइनसकेको भएपनि प्रारम्भिक रुपमा आत्महत्या आशंका गरिएको छ। मृत्‍युलाई शंकास्पद नठानेपनि यसबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।  

लन्डन दूतावास स्रोतका अनुसार मृत फेला परेका युवा नेपालमा सुनसरी जिल्लाका हुन्। अध्ययनका लागि गत वर्ष बेलायत आएका उनी इष्ट लन्डन युनिभर्सिटीमा मास्टर्स गर्दै थिए ।  

परिवारको इच्छाअनुसार मृतकको शव अहिले नेपाल पठाउने तयारी भइरहेको पनि दूतावासले जनाएको छ जसका लागि बेलायतस्थित मृतकका आफन्तले पहल गरिरहेका छन् भने दूतावासले पनि सहजीकरणको प्रयास गरिरहेको छ।  

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू