शनिबार, वैशाख ८, २०८१
07:35 | १२:२०

बेलायतमा स्थापित पहिचान पुरस्कार भोजपुरको चखियामा वितरण

नेपाली लिङ्क मार्च १८, २०२३


लन्डन। बेलायतमा स्थापित पहिचान पुरस्कार कोषले यस वर्षको पहिचान पुरस्कार वितरण गरेको छ।

विगतका वर्षमा जस्तै यसपटक पनि भोजपुरको चखियामा एक कार्यक्रमसहित शनिबार पुरस्कार वितरण गरिएको हो ।  

चार लाख दुई हजार दुई रुपैँया राशीको पुरस्कार यस वर्ष अर्जुनबाबु माबोहाङ र अमित थेवे मिहाङद्वारा संकलित ‘सिरिजंगा, फाल्गुनन्द र ईमानसिंह चेम्जोङका लेखोट’ र कविता राईको ‘गुरु’ उपन्यासलाई संयुक्त रुपमा प्रदान गरिएको छ। 

नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भुपाल राईको प्रमुख आतिथ्यमा पहिचान पुरस्कार वितरण गरिएको थियो। 

पुरस्कृत स्रष्टाहरुको धार्मिक संस्कारअनुसार पुरस्कार वितरण गरिने परम्पराअनुसार तीनै जना स्रष्टालाई नाक्छोङ-फेदाङ्मा जितु राईबाट शिर उभाएर (सायाचोक्मा-मांगेना) गरिएको थियो । 

पुरस्कार वितरण कार्यक्रममा प्रमुख अतिथि कुलपति राईले   पहिचान पुरस्कारले लेखकहरुलाई सम्मान मात्र नगरी उनीहरुलाई आर्थिक रुपमा पनि सहयोग पुर्‍याएको बताए। 

एउटा अभियानबाट निर्माण गरिएको पुरस्कार भएकोले यसले आफ्नै महत्व र पहिचान बोकेको धारणा उनले व्यक्त गरे। 

टेम्के शिर भएको सुन्दर ठाउँ चखिया र मुन्दुमपथको एउटा महत्वपूर्ण ठाउँमा आउन पाएकोमा खुशी व्यक्त गर्दै आयोजकलगायत स्थानियवासीलाई कुलपित राईले धन्यवाद दिएका थिए । 

सृजनशिल अराजक आन्दोलनका अभियन्ता कवि हाङयुङ अज्ञात विशेष अतिथि रहेको कार्यक्रममा सृजनशिल अराजक आन्दोलनका अभियन्ता, पहिचान पुरस्कार विजेता प्राज्ञ राजन मुकारुङ, प्राज्ञ मुना राज शेर्मा, प्राज्ञ चन्द रानोहँछा, गाउँपालिका अध्यक्ष सरोज बस्नेत, पूर्व अध्यक्ष ध्रुवराज राई, वडा अध्यक्ष हर्कराज राई (रुकेश), वडा अध्यक्ष नवराज राई, राजेश विद्राही, कृष्ण बराल, देवान किराती, विराट किराती, ईच्छा पूर्ण राई, राम चन्द्र राई, प्रकाश दिपसाली, सेलीङ केसी, सांङ्सेन पन्धाक, केजी सुब्बा, ईन्द्र नारथुङ्गे, पावी हाङ राई, सविता फागो, करुणा राई, मुकुन्दा प्रयास, पर्वत राई, कमलजंग राई, ओम डिसि आर, केशर राई, जयन्ती जुब्लि किराती, ईन्द्रसुर वेल्टारे, शंकर देव राई, एकसन राई, विवेक राई, नविन मास्के, मनिता खिम्दुङ, अधिराज राई, बालकुमार राई, नेत्र राई, प्रदुङ्ना घिमिरे लगायत अतिथिको उपस्थिति थियो ।

उपस्थित सबैलाई अतिथिको रुपमा गुरांसको माला पहिराएर सम्मान गरिएको थियो । 

कार्यक्रम व्यवस्थापन टेम्के मैयुङ गाउँपालिका, नव प्रतिभा युवा क्लव, चखिया व्यवस्थापन समिति र टेम्के मैयुङ गाउँपालिका वडा नम्बर ४ को चोक्ला कातिकेले गरेका थिए ।

पहिचान पुरस्कारका संस्थापक नरेश काङमाङ राईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य बोर्डका अध्यक्ष प्रकाश नुमीहाङ राई तथा संचालन जिवन किरातीले गरेका थिए।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू