बिहीबार, वैशाख १३, २०८१
14:05 | १८:५०

लण्डनका पत्रकारले बनाए फिल्म ‘चरी’

नेपाली लिङ्क मार्च १०, २०२३

लण्डन– युरोप हुँदै लण्डन आएका पत्रकार राजेन्द्र भट्टले फिल्म ‘चरी’ बनाएका छन् । राजेन्द्र भट्टको प्रस्तुति रहेको नेपाली चलचित्र ‘चरी’ को पहिलो पोष्टर र ट्रेलर शुक्रबार एकैदिन सार्वजनिक भएको छ । 

एनआरएनए पूर्व अध्यक्ष तथा उधोगपति भवन भट्टले पोस्टर रिलिज गरेका हुन् ।

फिल्ममा कोरिन शर्माको लेखन तथा निर्देशन छ । फिल्ममा बिष्णु रिजाल, अम्बर सुवेदी, सबिना गोपाली, सरिता गिरी, शम्भु साही लगायत कलाकारको अभिनय छ ।

फिल्मको प्रिमियर आउँदो चैत २ गते निफ फिल्म फेस्टिबलको उद्घाटन समारोहमा गरिने भएको छ ।

सिभिल मल सुन्धरामा हुने फिल्मको प्रिमियरमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, काठमाडौं महानगरका मेयर बालेन्द्र शाह लगायतको सहभागिता रहने भट्टले बताए ।

भट्ट केही समयदेखि नेपालमा रहेर पत्रकारिता र फिल्म निर्माणमा कृयाशील छन् ।  

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू