शनिबार, जेठ ५, २०८१
03:54 | ०८:३९

रेष्टुराँको छ तलामाथिबाट खसेर माधवकुमार नेपालका भाईको निधन

रासस मार्च ४, २०२३

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का नेता सरोजकुमार उपाध्यायको उपचारका क्रममा निधन भएको छ ।

आज दिउँसो २ बजेतिर शंखमुलस्थित एक रेष्टुराँको छ तलामाथिबाट खसी उनी घाइते भएका थिए । रेष्टुराँबाट खस्दा सुरुमा विजुलीको तारमा परेर त्यसपछि उनी भूँइमा खसेका थिए । उनलाई सुरुमा नयाँबानेश्वरस्थित निजामति कर्मचारी अस्पताल पुरयाइएको थियो । तर त्यहाँ उपचार हुन नसकेपछि उनलाई माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पताल पुरयाइएको थियो ।

नेता उपाध्याय पूर्वप्रधानमन्त्री एवमं नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालका कान्छो भाई हुन् । उनी ६२ वर्षका थिए । उनका दुई छोरी अमेरिकामा छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू