शुक्रबार, वैशाख २१, २०८१
12:29 | १७:१४

बलात्कार मुद्धामा सफाइसंगै रिहा भए पल शाह

नेपाली लिङ्क फ्रेब्रवरी २७, २०२३


काठमाडौं । अभिनेता पल शाह जेलमुक्त भएका छन् । बलात्कारको आरोप लागेका शाहलाई उच्च अदालत पोखराले आइतबार सफाइ दिएपछि सोमबार जिल्ला कारागार तनहुँबाट उनी रिहा भएका हुन्।

गत वर्ष फाल्गुन १५ देखि थुनामा रहेका पल ठीक एक वर्षपछि फाल्गुन १५ मै  छुटेका छन्।

पलको स्वागतका लागि तनहुँ कारागारबाहिर समर्थकको ठूलो भीड लागेको थियो।

उनीहरूले पल शाह हाइहाइ, पललाई न्याय भयो भन्दै नाराबाजी गरेका थिए।

परिवारका सदस्यसहित कारागारबाट बाहिरिएका पलले प्रसन्न मुद्रामा आफ्ना सबै शुभचिन्तकलाई धन्यवाद ज्ञापन गरेका थिए। उनी आज पोखरा गएर मंगलबार मात्रै काठमाडौँ फर्किने तयारी छ।  

यसअघि नाबालिग बलात्कारको आरोपमा पलमाथि एक गायिकाले तनहुँ र नवलपुरमा छुट्टाछुट्टै मुद्धा दर्ता गरेकी थिइन् । जसमध्ये जिल्ला अदालत तनहुँले पललाई सफाइ दिइसकेको थियो भने नवलपुर जिल्ला अदालतले बलात्कारको अभियोग दर्ता भएपनि बाल यौन दुर्व्यवहारमा साढे २ वर्ष कैद सजाय गरेको थियो।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू