शनिबार, वैशाख २२, २०८१
06:10 | १०:५५

बेलायती मन्त्रीले भेटे प्रधानसेनापति

रासस फ्रेब्रवरी ८, २०२३

तस्बिर- रासस

काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्मा र नेपाल भ्रमणमा रहेका बेलायतका प्रतिरक्षा सेवामा आबद्ध जनशक्तिसम्बन्धी मन्त्री एन्ड्र्यु मुरीसनबीच भेटवार्ता भएको छ ।

सैनिक मुख्यालय जङ्गी अड्डामा भएको भेटवार्तामा उहाँहरूबीच दुई पक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा विचारविमर्श भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

 यस्ता भेटघाटबाट दुई देशबीच रहिआएको सम्बन्धलाई थप सुमधुर एवं प्रगाढ बनाउन मद्दत पुग्ने सेनाले विश्वास लिएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू