मंगलबार, वैशाख ११, २०८१
09:18 | १४:०३

भूपू गोर्खाहरु राजनैतिक भेटमा व्यस्त, प्रधानमन्त्रीबाट पाए आश्वासन

गेसो प्रतिनिधिमण्डल र प्रधानमन्त्रीबीच भेटघाट

नेपाली लिङ्क फ्रेब्रवरी २, २०२३

लण्डन । भूतपूर्व गोर्खाहरुले प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेका छन् । गोर्खा भूतपूर्व सैनिक संघ (गेसो) सभापति कृष्ण कुमार राईको नेतृत्वमा भएको उक्त भेटमा प्रतिनिधिमण्डलले गोर्खालीहरुको तर्फबाट प्रधानमन्त्रीलाई बधाई तथा सफलताको शुभकामना व्यक्त गर्दै बेलायत सरकारले गोर्खा सैनिकमाथि वर्षौंदेखि गर्दै आएको विभेद अन्त्य गर्न सरकारको तर्फबाट भूमिका निर्वाह गर्न आग्रह गर्‍यो ।

सो भेटमा प्रधानमन्त्रीले भूपू सैनिकहरुको सवाल कुनै एक जाति र वर्गको मात्र समस्या नभइ सिंगो राष्ट्रको समस्या भएकाले यस विषयमा आफू गम्भीर रहेको बताए ।

‘मलाई पटकपटक गेसो सभापति तथा अन्य भूपू सैनिकहरुले पनि जानकारी गराउनु भएको छ । भूतपूर्व सैनिकहरुको समस्या मेरै कार्यकालमा समाधन गर्ने अवसर मलाई प्राप्त भएको हो भन्ने लागेको छ । यहाँहरुले राख्नु भएको अन्य विषयमा पनि मेरो तर्फबाट गर्नुपर्ने कार्यमा कुनै कसर बाँकी रहने छैन’- प्रधानमन्त्री दाहालको प्रतिवद्धता उधृत गर्दै गेसोले भनेको छ ।

विज्ञप्ति-

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू