मंगलबार, चैत ६, २०८०
08:20 | १४:०५

परराष्ट्र नीति समयसापेक्ष बनाइने

रासस फ्रेब्रवरी १, २०२३

काठमाडौं । परराष्ट्रमन्त्री डा विमला राई पौड्यालले परराष्ट्र नीति–२०७७ समयसापेक्ष बनाउन आवश्यकताअनुसार विज्ञसँग परामर्श गरिने बताएकी छन् । उनले आज सञ्चारकर्मीसँगको अन्तक्र्रियामा बदलिँदो केही परिस्थितिअनुसार पनि परराष्ट्र नीतिलाई समयसापेक्ष बनाउन आवश्यक रहेको उल्लेख गरिन् ।

उनले मन्त्रालयबाट जनतालाई प्रदान गरिने सेवा प्रवाह प्रभावकारी बनाउन आफूले सक्दो प्रयास गरिरहेको बताउँदै राहदानी बनाउन कामका देखिएको समस्या हल गरी सुधार गरिएको जानकारी समेत गराइन् ।

सो अवसरमा मन्त्रालयका सहसचिव रामप्रसाद सुवेदीले मन्त्री पौड्यालले श्रीलंकाको ७५औँ स्वतन्त्रता दिवसका अवसरमा कोलोम्बोमा आयोजना हुने विशेष समारोहमा अतिथिका रुपमा सहभागी हुन श्रीलंकाको भ्रमण गर्ने जानकारी गराए ।

मन्त्री पौड्याल आफ्ना श्रीलंकाली समकक्षी अली साब्रीको निमन्त्रणमा कोलोम्बोमा यही माघ २० र २१ गतेमा हुने समारोहमा सम्मानित अतिथिका रुपमा सहभागी हुन भोलि बिहीबार त्यसतर्फ प्रस्थान गर्नेछिन् ।

परराष्ट्रमन्त्री पौड्यालले माघ २० गते कोलम्बोमा आफ्ना समकक्षीसँग भेटवार्ता गर्नुका साथै स्वतन्त्रता चोकमा राष्ट्रपतिको सचिवालयले आयोजना गर्ने सांस्कृतिक महोत्सव ‘लंकारालंका’ मा सहभागी हुने कार्यक्रम छ ।

यसैगरी उनी माघ २१ गते ७५औँ स्वतन्त्रता दिवस समारोहमा सहभागी हुने, श्रीलंकाका राष्ट्रपति र प्रधानमन्त्रीसँग शिष्टाचार भेट र राष्ट्रपतिले राष्ट्रपति भवनमा आयोजना गर्ने स्वागत समारोहमा सहभागी हुनेछिन् ।

परराष्ट्रमन्त्री डा पौड्याल माघ २० गते कोलम्बो प्रस्थान गर्ने र माघ २५ गते काठमाडौँ फर्कने कार्यक्रम रहेको सहसचिव सुवेदीले बताए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू