बुधबार, वैशाख २६, २०८१
17:13 | २१:५८

यतीमा इतिहासकै बढी सदस्य, नेतृत्वमा चलखेल शुरु

नेपाली लिङ्क फ्रेब्रवरी १, २०२३

लन्डन । युरोपकै पुरानो नेपाली संस्था यती नेपाली एसोसिएसन यूकेको अधिवेशन नजिकिंदै गर्दा माहोल तातेको छ ।

आउंदो ५ फेब्रुअरीमा निर्धारित अधिवेशनले आगामी २०२३-२०२५ का लागि नयां कार्यकारिणी समिति समेत निर्वाचित गर्ने भएकाले नेतृत्व लिन कयौंले चासो देखाएका छन् ।

यसअघि ज्यादै निष्क्रिय देखिएको यती संस्थामा चुनाव आएसंगै सदस्यता लिनेको संख्या पनि उल्लेख्य बढेको छ । यतीको इतिहासमै यसपटक सबैभन्दा बढी ६ सय बढीले सदस्यताका लागि आवेदन दिएका स्रोतले जनाएको छ । 

‘यती अब एनआरएनए र प्रवासी नेपाली मन्चकै ढांचामा जाने देखियो’, एक अभियन्ताले भने, ‘रातारात सदस्य बनाइएको छ । नेतृत्व लिन भित्रभित्रै खुब चलखेल छ ।’

नयां सदस्यता लिने तथा नवीकरणको समयसीमा ३१ जनवरी अपरान्ह ५ बजेसम्म थियो । सदस्यता संख्याको आधिकारिक घोषणा भने आज साँझ हुनेछ । 

इमेल, पोष्टल वा वेवसाइटमार्फत पनि नयां सदस्यता लिन वा नवीकरण गर्न सकिने व्यवस्था गरिएको थियो ।

निर्वाचन समितिका अनुसार प्रथम मतदाता नामावली प्रकाशन १ फेब्रुअरी २०२३ अपरान्ह ५ बजे, मतदाता नामावली उपर दावी विरोध २ फेब्रुअरी अपरान्ह ३ बजेसम्म, अन्तिम मतदाता नामावली प्रकाशन २ फेब्रुअरी अपरान्ह ५ बजेसम्म छ ।

उम्मेदवारी मनोनयन दर्ता ३ फेब्रुअरी दिउसो ३ बजेसम्म, उम्मेदवार उपर दावी विरोध ३ फेब्रुअरी अपरान्ह ५ बजेसम्म र उम्मेदवार नामावली प्रकाशन ३ फेब्रुअरी सांझ ७ बजेसम्म तोकिएको छ । 

त्यसैगरि, उम्मेदवारी मनोनयन फिर्ता ३ फेब्रुअरी राती ९ बजेसम्म र अन्तिम उम्मेवारी नामावली प्रकाशन ४ फेब्रुअरी बिहान १० बजे गरिने छ ।

ह्रारो बरो फुटबल क्लवमा अधिवेशन हुनेछ । अध्यक्षका लागि यती वर्तमान अध्यक्ष ध्रुव केसी, उपाध्यक्ष बाचस्पति रेग्मी, व्यवसायी कृष्ण भट्ट लगायतको नाम चर्चामा रहेको बताइन्छ ।  

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू