मंगलबार, चैत ६, २०८०
06:09 | ११:५४

बेलायती राजदूत र उपप्रधानमन्त्री लिङ्देनबीच भेटवार्ता, उठ्यो भूपू गोर्खा मुद्दा

नेपाली लिङ्क जनवरी २८, २०२३

काठमाडौँ। नेपालका लागि बेलायती राजदूत निकोला पोलिट र नेपाल सरकारका उपप्रधानमन्त्री एवम् उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री राजेन्द्रप्रसाद लिङ्देनबीच भेटवार्ता भएको छ।   

शनिबार मन्त्रालयमै भएको भेटमा उनीहरूबीच द्विपक्षीय आपसी हित र चासोका विविध विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ । 

त्यसअवसरमा उपप्रधानमन्त्री लिङ्देनले भूपू ब्रिटीश गोर्खा सैनिक मुद्दा समाधानको लागि राजदूत पोलिटमार्फत् बेलायत सरकारलाई आग्रहसमेत गरेका थिए। 

बेलायत नेपालको सबैभन्दा भरपर्दो विकास साझेदार रहेको उल्लेख गर्दै उनले बेलायतले संकट र प्रकोपको समयमा नेपाललाई महत्वपूर्ण सहयोग गरेको स्मरण गरेका थिए।

वर्तमान सरकारको प्रथमिकता राष्ट्रिय एकता, सुशासन र सेवा प्रवाह भएको जानकारी गराउँदै उपप्रधानमन्त्री लिङ्देनले त्यसमा बेलायत सरकारको सहयोगको अपेक्षा पनि व्यक्त गरेका थिए ।

सो अवसरमा राजदूत पोलिटले नेपालको उर्जा खपतमा सहयोग गर्न बेलायत सरकार इच्छुक रहेको उल्लेख गरिन् ।

नवीकरणीय उर्जा उत्पादन तथा विद्युत व्यापारमा पनि सहजीकरण गर्न बेलायत सरकार तयार रहेको बताउँदै राजदूत पोलिटले उर्जासम्बन्धि निकायहरुको संस्थागत सबलीकरणमा पनि सहयोग गर्दै आएको बताएकी थिइन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू