शुक्रबार, चैत १६, २०८०
19:21 | ०१:०६

बाजुरामा ५ दशमलब नौ म्याग्निच्युटको भूकम्प   

रासस जनवरी २४, २०२३

सुदूरपश्चिम – आज दिउँसो सुदूरपश्चिम प्रदेशको बाजुरा जिल्ला केन्द्रविन्दु भएर पाँच दशमलब नौ म्याग्निच्युटको भूकम्प आएको छ । अपराह्न २:४३ बजे आएको भूकम्पको झट्काका कारण कैलालीमा पनि घरभित्र रहेका व्यक्ति बाहिर निस्किएका थिए । प्रदेशको राजधानी धनगढीमा पनि भूकम्पको ठूलो झट्का महसुस गरिएको थियो ।

सुर्खेतस्थित भूकम्पमापन केन्द्रका सूचना अधिकारी तीर्थराज दाहालले आज अपराह्न २:४३ बजे बाजुराको मेला आसपास केन्द्रबिन्दु भएको पाँच दशमलब नौ म्याग्निच्युटको भूकम्प गएको जानकारी दिए ।

भूकम्पको धक्काबाट पुगेको क्षतिको विवरण आउन बाँकी छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू