शनिबार, वैशाख ८, २०८१
22:33 | ०३:१८

इंग्ल्याण्डका नर्सले शुरु गरे दुइदिने हडताल

रासस-एएफपी जनवरी १८, २०२३

लण्डन, ४ माघ–इंग्ल्याण्डका नर्सहरूले तलबको विषयलाई लिएर बुधबारदेखि दुई दिने हडताल सुरु गरेका छन् ।

नर्सहरूले बढ्दो मूल्यवृद्धिका कारण जीवनयापनको लागत संकटबाट प्रभावित बेलायती सार्वजनिक क्षेत्रका कामदारहरूको लहरमा सामेल हुँदै हडतालमा उत्रिएका हुन् ।

बुधबार बिहान सार्वजनिक गरिएको मुद्रास्फीतिबारे पछिल्लो वार्षिक तथ्याङ्कले देखाएअनुसार यो मुद्रास्फीति ऐतिहासिकरूपमा उच्च तहमा पुगेको छ । नोभेम्बरमा अघिल्लो महिना १०.७ प्रतिशत रहेको दरहरू डिसेम्बरमा केही कम भएर १०.५ प्रतिशतमा झरेका छन् ।

मुख्य नर्सिङ युनियनले सरकारले चालू आर्थिक वर्षका लागि आफ्नो तलब सम्झौता सुधारका लागि गम्भीरतापूर्वक वार्ता गर्न नसकेको आरोप लगाएको छ ।

नर्स अन्ना स्विफ्टले मध्य लण्डनमा विरोधमा सहभागी हुनुभन्दा पहिले भनिन्, “हामी भारी मनका साथ हडताल गर्दैछौँ । तर हामी यसबाट के हासिल गर्न चाहन्छौं भन्ने बिषयमा हामी पूर्णरूपमा स्पष्ट छौँ ।”

उनले स्काई न्यूजसँग भनिन्, “हामीलाई राम्रो तलब चाहिएको छ, हामीलाई राम्रो अवस्था चाहिएको भनी आवाज उठाउने समय आएको महशुस भइरहेको छ ।”

पछिल्ला हडतालले राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस) लाई चिसोका कारण हुने रोगका कारण अत्यधिक नर्सहरूको माग भइरहेको समयमा हडताल भएको छ । कोभिड र यससँग सम्बन्धित समस्याका कारण सेवाग्राहीको भीड भइरहेका समय भएको यो हडतालले प्रशासनलाई थप दबाब सिर्जना गरेको छ ।

रोयल कलेज अफ नर्सिङ (आरसीएन) युनियनले आगामी फेब्रुअरी ६ र ७ मा अर्को हड्ताल हुने बताएको छ ।

यसैबीच, कन्जर्भेटिभ पार्टीको तर्फबाट प्रधानमन्त्री बनेका ऋषि सुनकले आर्थिक मन्दीको चपेटामा परेको बेलायतले आगामी मार्च ३१ मा समाप्त हुने आर्थिक वर्षका लागि सार्वजनिक क्षेत्रको तलबमानमा पुनः सोच्न नसक्ने बताएका छन् ।

उनले आगामी तलब सम्झौतामा थप लचकताको सम्भावना रहने संकेत गरेका छन् । सरकारको भनाइले तलवमान पुनरावलोकन निकायहरूको स्वतन्त्र दायरामाथि नै प्रश्न उठेको छ ।

स्वास्थ्य मन्त्री स्टिभ बार्कलेले बुधबार ‘द इन्डिपेन्डेन्ट’ मा प्रकाशित एक लेखमा भनेका छन्, “अपुग तलब वृद्धिको अर्थ बिरामीको हेरचाहमा कटौती गर्नु र मुद्रास्फीतिलाई बढावा दिनु हो जसले हामी सबैलाई गरिब बनाउनेछ ।”

उनले थपे, “तलब वृद्धिले हामीलाई सबैभन्दा बढी आवश्यक पर्ने सेवालाई माग सम्बोधन गर्नबाट असम्भव बाटोमा लग्नेछ ।”

बार्कलेका अनुसार गत डिसेम्बरमा इङ्गल्याण्ड र वेल्समा नर्सहरुको दुई दिनको हडतालका कारण करिब ३० हजार वैकल्पिक प्रक्रिया र बहिरंग सेवा रद्द गरिएको थियो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू