मंगलबार, २३ जुन, २०२६
22:04 | ०२:४९

बेलायतको बर्मिङहममा मनाइयो टोपी दिवस (तस्विरहरु)

नेपाली लिङ्क जनवरी १, २०२३


लन्डन। दशौँ नेपाली टोपी दिवस बेलायतका नेपालीले पनि  मनाएका छन् ।

मिडल्यान्डको बर्मिङहमस्थित शान्ति नेपाली समाजले अंग्रेजी नयाँ वर्षका दिन वर्षेनी मनाउँदै आएको टोपी दिवस आइतबार मनाइएको हो।  

यो वर्षदेखि राष्ट्रिय पोशाक दिवसकै रुपमा मनाइएको कार्यक्रममा टोपी र दौरा सुरुवालमा सजिएका दर्जनौँ स्थानीय नेपाली सहभागी थिए।  

समाजले ‘हाम्रो टोपी हाम्रो शान, नेपाली पोशाक हाम्रो पहिचान’ भन्ने नाराका साथ एक कार्यक्रम आयोजना गरी दिवस मनाएको अध्यक्ष प्रबिण खरालले बताए। 

त्यस अवसरमा समाजका पूर्व अध्यक्ष कोशलेश्वर ढकाल, सल्लाहकार भूपेन्द्र पाठक र राजेशमणि लामिछानेले नेपाली टोपीको महत्व र पहिचानबारे बताएका थिए ।  

समाजका अध्यक्ष प्रबिण खरालले देशविदेशमा रहेका सम्पूर्ण नेपालीहरुमा नेपाली टोपी दिवसको शुभकामना व्यक्त गर्दै टोपी दिवसको महत्वका कारण समाजले वर्षेनी कार्यक्रमसहित मनाउँदै आएको उल्लेख गरे ।  

कार्यक्रमका लागि हल र चियापान व्यवस्था ‘द यिउ ट्री वेष्ट ब्रमिच’ का सञ्चालक राजु गुरुङले गरेका थिए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू