शुक्रबार, चैत १६, २०८०
11:34 | १७:१९

विश्वकप फुटबलः क्रोएसिया क्वाटरफाइनलमा

रासस डिसेम्बर ५, २०२२

काठमाडौं । क्रोएसिया फिफा विश्वकप फुटबल २०२२ को क्वाटरफाइनलमा पुगेको छ ।

आज कतारको अल जनौब रंगशालामा भएको प्रि–क्वाटरफाइनल खेलमा जापानलाई टाइब्रेकरमा पराजित गर्दै क्रोएसिया क्वाटरफाइनलमा पुगेको हो ।

खेलको ४३औं मिनेटमा जापानका लागि डेइजेन मेइदाले गोल गर्दै अग्रता दिलाए पनि खेलको ५५औं मिनेटमा क्रोएसियाका लागि इभान पेरिसिकले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए ।

त्यसपछि निर्धारित ९० मिनेटमा दुवै टोलीले गोल गर्न नसकेपछि खेल अतिरिक्त समयमा पुग्यो । अतिरिक्त समयमा पनि दुवै टोलीबाट कुनै गोल नभएपछि खेल टाइब्रेकरमा पुगेको थियो ।

टाइब्रेकरमा क्रोएसिया विजयी भयो । क्रोएसियाका गोलरक्षक डोमिनिक लिभाकोभिचले टाइब्रेकरमा जापानका तीन पेनाल्टी असफल बनाएका थिए ।

जापानका लागि ताकुमी मिनामिनो, काअरु मितोमाको र माया याशिदाले प्रहार गरेका पेनाल्टी क्रोएसियाका लिभाकोभिचले विफल पारिदिएका थिए भने ताकुमा असानोको प्रहार भने सफल भएको थियो ।

क्रोएसियाका जीतमा निकोला भ्लासिच, मार्सेलो ब्रोजोभिच र मारियो पासालिचले पेनाल्टीमार्फत् गोल गरेका थिए । क्रोएसियाका मार्का लिभाजाको प्रहार भने पोस्टमा लागेर फर्किएको थियो ।

क्रोएसियाले क्वाटरफाइनलमा आज राति हुने ब्राजिल र दक्षिण कोरियाबीचको विजेतासंग खेल्नेछ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू